काठमाडौँ – काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमाले पछि परेको छ। सोमबार मध्यरातिबाट सुरु भएको मतगणनामा एमाले सुरुवात देखि नै पछि परेको हो।
नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटालाई सत्तारुढ गठबन्धनतर्फ कांग्रेसका शिव प्रसाद हुमागाईंले पछि पारिरहेका छन्। बाँस्कोटालाई हुमागाईंले १ हजार २ सय ६२ मतले पछि पारेका छन्।
पछिल्लो अपडेटका अनुसार क्षेत्र नम्बर २ अन्तर्गत बेथानचोक गाउापालिका सम्पूर्ण वडाको मत गणना सम्पन्न भएको छ। हालसम्म ७ हजार ८ सय ५० मत गनिसक्दा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले २ हजार ८ सय ५३ मत प्राप्त गरेका छन्।
शिर्ष स्थानमा रहेका हुमागाईंले ४ हजार १ सय १५ मत प्राप्त गरका छन्। यस्तै अहिले सम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईं तेस्रो स्थानमा रहेका छन्। उनले ५ सय ४९ मत प्राप्त गरेको अवस्था छ।