काठमाडौँ ६ मा पनि घन्टीकै कमाल, सर्वेन्द्र खनाल पछि परे !

काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता लिएका छन् । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार खनालले सात सय १६ मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन्।

दुई हजार एक सय २३ मतगणना हुँदा दोस्रो मत नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले प्राप्त गरेका छन् । उनले चार सय ९२ र नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले चार सय ८२ मत प्राप्त गरेको निर्वाचन अधिकृत खनालले बताइन्।

काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमा १३ विभिन्न राजनीतिक दल र ११ स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ६२ हजार एक सय दुई मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३९ हजार ६६ मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका थिए ।

प्रकाशित : सोमबार, मङि्सर ०५, २०७९२१:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काठमाडौँ ४: कांग्रेस महामन्त्री थापा अगाडि