२९ वर्षमै सांसद बने योगेश, विजयी सुरुआतसँगै देशभर चर्चा !

मुस्ताङ । यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेका नेपाली कांगेसको उम्मेदवार हुन्– योगेश गौचन थकाली । उनले नेकपा (एमाले) का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै प्रतिनिधिसभाको यात्रा तय गरेका हुन् ।

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षका मात्र हुन् । कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा योगेशतर्फ यतिखेर सबैको ध्यान आकृष्ट भएको छ ।

निवर्तमान सांसद नेकपा (एमाले) का केन्द्रीय सदस्य तुलाचनलाई ९ सय १४ मतान्तरले पछि पार्दै गौचन विजयी भएका हुन् । प्रतिनिधिसभा सदस्यमा एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा चार जना प्रतिस्पर्धामा थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राप्रपाका प्रवीणकुमार शेरचनले १३ मत पाए । कांग्रेसका गौचन ५ दलीय गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

कांग्रेस गण्डकी प्रदेश सदस्य योगेश कांग्रेसका जिल्ला सभापतिसमेत रहेका पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । वि.सं २०५० वैशाख २७ गते मुस्ताङको थासाङ गाउँपालिका लेतेमा जन्मेएका योगेशले ब्याचलर अफ विजनेश म्यानेजमेन्टको अध्ययन गरेका छन् । होटेल कालोपानी लेते मुस्ताङ र पोखरामा त्रिथुङ्गा होटल सञ्चालन गर्दै आएका उनी ट्राभल्स एण्ड टुर्स प्रालिको प्रबन्ध निर्देशक हुन् । यसका साथै मुस्ताङमा किबी खेतीसँगै व्यावसायिक कृषिमा संलग्न छन् ।

जिल्लामा नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेकाका योगेश नेविसङ्घको राजनीतिसँगै भूगोलमा पनि जोडिएका थियो । उनी पार्टीको जिल्ला कार्यसमिति सदस्य पनि सानै उमेरमा भएका हुन् । उनी पार्टीको साविक लेते गाउँसभापति पनि भएका थिए । हाल पार्टीको महासमिति सदस्य रहेका उनी गण्डकी प्रदेश कार्यसमितिमा छन् ।

जिल्लामा नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेकाका योगेश नेविसङ्घको राजनीतिसँगै भूगोलमा पनि जोडिएका थियो । उनी पार्टीको जिल्ला कार्यसमिति सदस्य पनि सानै उमेरमा भएका हुन् ।

प्रेमले २०७४ को चुनावमा योगेशका बुबा रोमीलाई चार सय ८५ मतान्तरले पराजित गरेका थिए। विसं २०७० को चुनावमा कांग्रेसका रोमी कांग्रेसबाट बागी उठेका प्रेमलाई १३ मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए । मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका योगेश र प्रेम नाताले साला भेना हुन् । रोमी (योगेशका बुबा) र प्रेम मामा–फूपूका छोरा हुन् ।

रोमीले आफूलाई आएको प्रतिनिधिसभा सदस्यको टिकट मनोनयन दर्ताका क्रममा छोरा योगेशलाई थमाएका थिए । विसं २०४७ पछि मुस्ताङमा नेपाली कांग्रेसले अहिलेसहित चार पटक र नेकपा एमालेले दुई पटक प्रतिनिधिसभामा निर्वाचन जितेका छन् ।

विसं २०७४ मा एमाले प्रवेश गरेका प्रेमले रोमीलाई पछि पार्दै दोस्रो प्रयासमा संसद् छिरेका थिए । दोस्रो पटक सांसद छिर्ने प्रेमको योजना योगेशले असफल बनाएका हुन् । रोमी २०५६ मा पनि मुस्ताङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । रोमी २०७३ मा वाणिज्यमन्त्री भए ।

वि.सं २०७४ को चुनावमा मुस्ताङको प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा सदस्यमा एमालेले जितेको थियो । नयाँ र युवा उम्मेदवारप्रति मतदाताको आकर्षण, गठबन्धनमा आबद्ध दलको साथ र स्वतन्त्र मतदाता आफ्नो पक्षमा रहेकाले चुनाव जित्ने योगेशको दाबी थियो ।

योगेशले चीनको सीमानामा रहेको कोरला नाका सञ्चालन गर्न चीनसँग कूटनीतिक प्रयास र त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने निर्वाचनका क्रममा बताएका थिए । जोमसोम–कोरला सडक कालोपत्र गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदाता समक्ष प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : सोमबार, मङि्सर ०५, २०७९१७:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

झापा ५ मा ओलीको फराकिलो अग्रता !