माओवादी र नेकपा एसको बेहाल, प्रारम्भिक मतगणनामा लाग्यो कडा झड्का !

काठमाडौं,  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रारम्भिक नतिजाले माओवादी केन्द्र र एकीकृत समाजवादी पछाडि परेको देखिएको छ । हालसम्म मतगणना भइरहेको काठमाडौंसहितका २१ निर्वाचन क्षेत्रमध्ये दुई पार्टीले कुनै पनि क्षेत्रमा अग्रता लिएका छैनन् ।

हालसम्मको तथ्यांकअनुसार एमालेले आठ ठाउँमा, कांग्रेस तीन स्थानमा अग्रता एकमा विजयी, राष्ट्रिय स्वतन्त्र पार्टी चार ठाउँमा अग्रता, राप्रपा दुई र जनमत पार्टी एक ठाउँमा अगाडि छ । अधिकांश क्षेत्रमा माओवादी र एकीकृत समाजवादी चौथो र पाँचौँ स्थानमा छन् ।

कैलाली १ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको अग्रता

कैलाली १ मा एक सय मत गन्दा नागिरक उन्मुक्ति पार्टीले सुरूवाती अग्रता लिएको छ ।  कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले ३३ मत ल्याएकी छन् ।

उनलाई कांग्रेसका रामजनम चौधरीले २७ मत ल्याएर  पछ्याइरहेका छन् । एमालेका तपेन्द्र रावलले २४ मत ल्याएका छन् ।

रुपन्देही–२ मा सुरु भयो मतगणना

रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ भर्खरै मतगणना सुरु भएको छ । बिहान ११ बजेदेखि मतगणना गर्ने भनिए पनि सर्वदलीय बैठक लम्बिएकाले केही ढिला सुरु भएको हो ।

निर्वाचन अधिकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा मतगणना सुरु भएको निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिए । सुरुमा सरस्वती मावि बुटवल–१ र न्युलाइट मावि तिलोत्तमाको पाँच वटा मतपेटिका खोलिएको छ ।

रुपन्देही क्षेत्र नम्बर २ मा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र सत्ता गठबन्धनको समर्थनमा जनमु्क्ति पार्टीका केशवबहादुर थापा (सूर्यवंशी) उम्मेदवार छन् ।

प्रकाशित : सोमबार, मङि्सर ०५, २०७९१३:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अगाडी बढ्दै तोसिमा, पम्फा भुसाललाई उछिनिन् !