एजेन्सी : बलिउड अभिनेत्री एली अवराम फिल्महरुमा भन्दा बढी अवार्ड फंस्कनहरु या सामाजिक सञ्जालमा देखिने गर्छिन्। हालै एली एक अवार्ड समारोहमा देखिएकी थिईन् ।
एलीले निकै अचम्मको ड्रेस लगाएकी थिईन्, जुन सेतो रङ्गको थियो। एलीलाई यस्तो पहिरनमा देखेर मानिसहरु छक्क परेका थिए। यो ड्रेस निकै खुल्ला पनि थियो।
यो पहिरनका कारण एली सामाजिक सञ्जालमा ट्रोल पनि भएकी छिन्। यद्यपि उनले सामाजिक सकारात्मक प्रतिक्रिया पनि पाएकी छिन्।
एलीको यो पहिरन देखेर मानिसहरूले अनौठो टीकाटिप्पणी गरेका छन्। कतिपयले आफ्नो लामखुट्टेको झुल हराएको भनेका छन् भने कतिपयले छातासँग तुलना गरेका छन्।
एक ट्रोलरले एलीले उर्फीलाई भेटेर आएको भन्दै मजाक उडाएका छन्। कतिपयले यो पहिरनलाई उर्फीको लुगाभन्दा पनि खराब भनेका छन्।
कतिपयले यस्ता लुगा लगाउन नहुने भन्दै गालीगलौज पनि गरेका छन्।
View this post on Instagram
View this post on Instagram
View this post on Instagram