अढाई लाखको कर्सेट टप-प्यान्टमा कियाराको लोभलाग्दो अवतार, युजर भन्छन् – ‘टेन्टलाई झुक्किएर ड्रेस बनाएछन्’

एजेन्सी : कियारा आडवाणी बलिउडकी सफल अभिनेत्रीमध्ये एक हुन्। प्राय: उनका हरेक फिल्मले बक्स अफिसमा कमाल गर्छ। चाहे त्यो शाहिद कपूरसँगको कबीर सिंहले होस् वा सिद्धार्थ मल्होत्रासँगको शेरशाहले होस् वा वरुण धवनसँगको जुग जुग जियोले नै किन नहोस्। कियारालाई हरेक फिल्ममा रुचाइन्छ।

कियाराले कबीर सिंह र शेरशाह फिल्ममा एकभन्दा बढी बोल्ड सिन दिएकी छिन्। कियारा कबीर सिंहबाट भारतमा नेशनल क्रस बनेर चर्चित भएकी थिईन्। फिल्मबाट उनको करियरमा ठूलो टेवा पुग्यो। कियारा रातारात एक सफल स्टार बनिन्।

फ्यानहरू कियाराको फिल्मका लागि मात्रै होइन उनको लुक्स र स्टाइललाई लिएर पनि पागल छन्। कियाराको लुक्स सामाजिक सञ्जालमा प्राय भाइरल हुने गर्छ। सामाजिक सञ्जालमा कियाराको आकर्षण यति ठूलो छ कि फ्यानहरू उनको पछिल्लो तस्बिरहरू हेर्न पर्खिरहेका हुन्छन्।

कियाराले हालै केही तस्बिर पोष्ट गरेकी छिन्, जुन तस्बिर हेर्यो भने हेरेको-हेर्यै हुनेछ। कियारा वेस्टर्न लुकमा देखिएकी छिन्। उनी यति राम्री देखिएकी छिन् कि मानिसहरुले उनको तस्बिरबाट आँखा हटाउन सकिरहेका छैनन्।

कियारा भर्साचेको सिल्भर कर्सेट टप र ब्ल्याक फक्स लेदर प्यान्टमा देखिएकी छिन। म्याचिङ हिलसँगै कियाराले हातमा मिनी पर्स पनि बोकेकी छिन्। क्यान्डिड पोज दिँदै कियाराले धेरै तस्बिरहरु क्लिक गरेकी छिन्।

प्रकाशित : सोमबार, मङि्सर ०५, २०७९१२:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एली अवरामको ड्रेस देखेर मानिसहरुलाई आयो झुलको याद, ट्रोलर्सले गरे गालीगलौज