आमिर खानकी छोरीले गरिन् इन्गेजमेन्ट, दुई पूर्व-पत्नीसँग पुगे समारोहमा

एजेन्सी : बलिउड अभिनेता आमिर खानकी छोरी आयरा खानले शुक्रबार आफ्नो लामो समयदेखिको प्रेमी नूपुर शिखारेसँग इन्गेजमेन्ट गरेकी छिन्। दुवैको इन्गेजमेन्टका तस्बिर तथा भिडियो सार्वजनिक भएका छन्। आयरा खान रातो ड्रेसमा देखिएकी छिन् भने नूपुर कालो रङ्गको शूटमा देखिएका छन्। आयराले केही दिनअघि आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा इन्गेजमेन्टको घोषणा गरेकी थिइन्। शुक्रबार उनले आधिकारिक रुपमा औँठी साटासाट गरेका हुन्। यस समारोहमा आयराका बुबा तथा अभिनेता आमिर खान पनि उपस्थित थिए।

आयराको इन्गेजमेन्ट समारोहमा बुबा आमिर खान र आमा रीना दत्ता पनि देखिएका थिए। उनीहरुबाहेक आमिर खानको पूर्व पत्नी किरण राव, इमरान खान, फातिमा सना शेख, आशुतोष गोवारिकर पनि उपस्थित थिए। यस बाहेक धेरै साथीभाइ र परिवारका सदस्यहरू समारोहमा उपस्थित थिए। यद्यपि समारोहलाई धेरै हदसम्म प्राइभेट राखिएको थियो।

आयरा खान र नूपुर विगत धेरैवर्षदेखि सँगै छन्। उनीहरु प्रायः एकअर्काको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्छन्। दुवैले धेरै पटक तस्बिरमार्फत आफ्नो प्रेम व्यक्त गरिरहन्छन्। गत वर्ष दुवैले एक पोस्ट सेयर गरेर आफ्नो सम्बन्धबारे सार्वजनिक गरेका थिए। केही दिनअघि उनीहरुको सम्बन्धको दुई वर्ष पूरा भएपछि पनि आयराले नुपुरका लागि भावुक पोस्ट सेयर गरेकी थिइन्।

आयरा आमिर खानको पहिलो पत्नी रीना दत्ताको पहिलो सन्तान हुन्। आयरा बाहेक आमिर र रीनाको एक छोरा जुनैद पनि छन् । आमिर र रीनाको विवाह सन् १९८६ मा भएको थियो। सन् २००२ मा दुवै अलग भए र त्यसपछि आमिरले किरण रावसँग २००५ मा विवाह गरे।

प्रकाशित : शनिबार, मङि्सर ०३, २०७९१४:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अढाई लाखको कर्सेट टप-प्यान्टमा कियाराको लोभलाग्दो अवतार, युजर भन्छन् – ‘टेन्टलाई झुक्किएर ड्रेस बनाएछन्’