काठमाडौँ : ग्रहहरुको राजा सूर्य मङ्सिर २९ गते बिहिबारसम्म वृश्चिक राशिमा रहनेछ। ज्योतिष शास्त्रमा सूर्य देवताको विशेष स्थान छ। सूर्यदेव शुभ हुँदा मानिसको भाग्य रातारात चम्किन्छ। ज्योतिष शास्त्र अनुसार मङ्सिर २९ गतेसम्मको समय केही राशिका लागि अत्यन्तै शुभ रहेको छ। यी राशिका व्यक्तिहरुलाई भाग्यले पूरा साथ दिनेछ। मङ्सिर २९ गतेसम्म सूर्यदेव कुन-कुन राशिमाथि कृपालु रहनेछ त, जानौँ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

जग्गाजमिनको कामबाट लाभ मिल्नेछ । नयाँ योजना बन्नेछन्। यी साता तपाईको लागि राम्रो छ । सरकारी अधिकारीसँगको सम्बन्ध सुमधुर रहनेछ । व्यापार-व्यवसायका दृष्टिले यो साता राम्रो छ । पुरानो साथीसँग भेटघाट हुनसक्छ ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

कुनै पनि चिन्ताबाट मुक्ति पाउन सक्नुहुन्छ। तपाईको आर्थिक स्थितिमा परिवर्तन आउन सक्छ। यात्रामा जानुपर्ने हुनसक्छ । सञ्चित धनमा कमी आउनेछ । सरकारी तथा निजी अधिकारीसँगको सम्बन्ध सुमधुर रहनेछ । घरजग्गाको कारोबार गर्न सकिनेछ । खरिद–बिक्रीबाट लाभ लिन सकिनेछ ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

घरजग्गा कारोबार आदिबाट लाभ हुनेछ, यो साता सफलताको योग छ, मनले आँटेका कामहरु पूरा हुने सम्भावना छ । पार्टनरबाट लाभ मिल्नेछ । दैनिक काममा फाइदा हुनेछ। पारिवारिक समस्या समाधान गर्ने मौका मिल्नेछ।
मान सम्मान बढ्नेछ । आर्थिक लाभ हुने अपेक्षा गरिएको छ । केही शुभ समाचार प्राप्त हुन सक्छ।
