एजेन्सी- ऋतिक रोशन यति बेला अभिनेत्री सबा आजादसँग प्रेम सम्बन्धलाई लिएर चर्चामा छन् । दुवै कार्यक्रमदेखि डिनर डेटसम्म सँगै देखिने गरेका छन् । ऋतिकले पत्रकारको अगाडि आफ्नो सम्बन्धलाई स्वीकार गरेको देखिन्छ। उनी धेरै कार्यक्रममा सबासँग हात मिलाएर पोज दिँदै आएका छन् । अब उनीहरु आफ्नो सम्बन्धलाई अगाडि बढाउन चाहेको जस्तो देखिन्छ ।
अहिले ऋतिक सबासँग लिभ इन रिलेशनशिपमा रहेको चर्चा बढेको छ । दुवैले केही समयमै यो विषयलाई सार्वजनिक रुपमा घोषणा गर्ने बताएको छ ।
खबर अनुसार सँगै रहनको लागि यी दुई अपार्ट:-मेन्टका लागि ऋतिकले करिब १०० करोड रुपैयाँ खर्च गरेको बताएको छ । ऋतिकले दुई वटा अपार्टमेन्ट ९७.५० करोडमा किनेका छन् । समुद्री दृश्य यो अपार्टमेन्ट ३८ हजार वर्ग फिटमा फैलिएको छ। १५ औँ र १६ औँ तल्लामा बनेको डुप्ले:-क्सका लागि अभिनेताले ६७.५० करोड भारु तिरेका थिए । त्यस्तै उनले दोस्रो अपार्टमेन्टमा करिब ३० करोड खर्च गरेको बताएको छ।
ऋतिक रोशनको कार्य क्षेत्रको कुरा गर्दा उनको अन्तिम फिल्म ‘विक्रम वेधा’ थियो । फिल्ममा सैफ अली खान, राधिका आप्टे, रोहिती सराफ, योगिता बिहानी र शारिब हाश्मीको अभिनय रहेको छ । ऋतिकको आगामी फिल्म दीपिका पादुकोणसँग ‘फाइटर’ हो । यस ए:क्शन थ्रिलर फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् ।