अहिले सर्वसाधारण देखि कलाकारलाई समेत चुनाव लागि रहेको छ । अहिलेको समय केही कलाकार मौन बसेका छन् भने केही कलाकार कुनै नेताको समर्थनमा लाग्दै भोट मागिरहेका छन् । त्यस्तै अहिले अभिनेत्रीले बर्षा सिवाकोटीले पनि सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गरेकी छिन् ।
अभिनेत्रीले एक तस्बिरको साथमा पोस्ट सार्वजनिक गर्दै लेख्छिन् ‘पुरानै लुगा पनि आफूलाई सुहाएमा फेरि लगाइन्छ। बेसाइजका र आफूलाई नसुहाउने लुगाहरू नयाँ नै भए नि लगाइँदैन। डाइपरहरू चाहिँ आफूलाई सुहाए पनि नसुहाए पनि एक पटक प्रयोग गरिसकेपछि फेरि लगाइँदैन।
सबैको जय होस।’
पछिल्लो समयमा सामाजिक सञ्जालमा अभिनेता तथा अभिनेत्रीको व्यक्तिगत जीवनको बारेमा मानिसहरु निकै चासो राख्ने गरेका छन् । त्यस्तै अहिले सामाजिक सञ्जालमा अभिनेता-अभिनेत्री पनि निकै सक्रिय हुने गरेका छन् । त्यस्तै पछिल्लो समयमा सामाजिक सञ्जालमा अभिनेत्री बर्षा सिवाकोटीलाई पनि निकै सक्रिय पाउन सकिन्छ ।
अभिनेत्री बर्षा सामाजिक सञ्जालमा उनको हरेक क्रियाकलापको तस्बिर तथा भिडियो सार्वजनिक गर्ने गर्छिन् । जसलाई उनका फ्यानले निकै रुचाउने गरेका छन् । अभिनेत्रीलाई सामाजिक सञ्जालमा ठुलो सङ्ख्यामा फलो-अर्स रहेका छन् ।
अहिले अभिनेत्रीले सामाजिक सञ्जालबाट उनको श्रीमानको तस्बिर हटाएको खबरले निकै चर्चा पाएको छ । अहिले अभिनेत्री श्रीमानको र श्रीमानसँग भएको विवाहको तस्बिर बाहेकका सबै तस्बिर हटाएकी छिन् ।
अभिनेत्रीका फ्यान अहिले अभिनेत्रीको यस क्रियाकलापलाई निकै चासोको साथमा लिएका छन् । अभिनेत्री वर्षाले गत बैशाख ९ गते अमेरिका बस्ने आशिष गेलालबीसँग धार्मिक मान्यता अनुसार भव्य रुपमा विवाह गरेकी थिइन् ।