एकै राशिमा आउँदै बुध र शुक्र ग्रह, ३ राशिका जीवनमा हुनेछ धन आगमन

 

डिसेम्बर महिनामा बुध ग्रह धनु राशिमा उल्टो चालको अवस्थामा प्रवेश गर्नेछ।  शुक्र पहिले नै यस राशिमा विराजमान रहेको छ । यस्तो अवस्थामा एउटै राशिमा उल्टो चालमा रहेको बुध र शुक्रको मिलन हुनाले धेरै राशि हुनेहरुको लागि शुभ दिन सुरु हुन सक्छ । ज्योतिष शास्त्र अनुसार ५ डिसेम्बरमा शुक्र धनु राशिमा प्रवेश गर्नेछ। त्यस्तै ३१ डिसेम्बरमा बुध आफ्नो पहिले कै अवस्थामा यस राशिमा प्रवेश गर्नेछ। यो राशि परिवर्तनका कारण कुन राशिका व्यक्तिहरुको लागि शुभ दिन सुरु हुन सक्छ जान्नुहोस् ?

मिथुन राशि 

यस राशिका मानिसहरुका लागि बुध पहिलो र चौथो घरको स्वामी हुन् । शुक्र पाँचौँ र बाह्रौँ घरको स्वामी हो। यसराशि परिवर्तनको कारण व्यापारमा लाभ हुनेछ। यदि साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ भने, यो अवधिमा प्रगति गर्न सक्नुहुन्छ। समझदारी पनि बढ्न सक्छ। स्वास्थ्य पनि राम्रो रहन सक्छ।

तुला राशि

यस राशिका मानिसका लागि शुक्र आठौँ घरको स्वामी हो। त्यस्तै बुध नवौँ र बाह्रौँ घरको स्वामी हो। यी दुवै ग्रह एउटै राशिमा प्रवेश गरेमायस राशिक व्यक्तिको जीवन सुखद हुन सक्छ। लेखन आदि क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको लागि यो समय राम्रो छ। व्यापारमा वृद्धिसँगै नाफा कमाउने अवसर पनि सृजना भइरहेको छ ।

धनु राशि

शुक्र र उल्टो चालमा रहेको बुध यस राशिमा मात्र मिल्ने भएकाले यो राशिका लागि यो समय निकै शुभ रहनेछ । आर्थिक लाभ हुने प्रबल सम्भावना छ । यस अवधिमा आम्दानी पनि बढ्न सक्छ। स्वास्थ्य राम्रो हुनुका साथै करियरमा पनि प्रगति हुन सक्छ। यस समयमा व्यापार वृद्धि हुनेछ ।

प्रकाशित : शुक्रबार, मङि्सर ०२, २०७९१४:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जीवनमा उन्नति-प्रगति चाहनुहुन्छ भने भूलेर पनि नगर्नुस् यी गल्ती