एजेन्सी- फिल्म ‘लाल सिंह चड्डा’ को असफलतापछि अभिनेता आमिर खान विभिन्न कारणले सामाजिक सञ्जालमा आलोचित हुने गरेका छन् । केही समय अहिले अभिनेताले अभिनय गरेको एक बिज्ञापन पनि निकै विवादमा परेको थियो। केही समय देखि अभिनेता आमिरले अभिनय मार्फत धार्मिक आस्था प्रति ठेस पुग्ने काम गरेको आरोप लाग्दै आएको छ।
अहिले अभिनेता फिल्म क्षेत्रबाट केही समयको लागि विश्राम लिएको बताएका छन् । अभिनेता भन्छन्- ‘जब म कुनै फिल्म गर्छु, म एक अभिनेताको रूपमा त्यसमा हराउँछु, यो बाहेक मेरो जीवनमा अरु केही छैन । त्यसैले केही समय यसबाट टाढै बस्ने निर्णय गरेको छु।’ उनले भने, ‘लालसिंह चड्डापछि मैले ‘च्याम्पियन’ फिल्ममा काम गरेको छु, यसको कथा र पटकथा उत्कृष्ट छ ।’
अभिनेता थप भन्छन् ‘यो एक हृदयस्पर्शी फिल्म हो, तर मलाई लाग्छ कि मैले केही समयलाई आराम गर्नुपर्छ। म मेरो परिवारसँग समय बिताउन चाहन्छु। मेरी आमा र मेरो बच्चाहरू संग …’। ५७ वर्षीय अभिनेताले दिल्लीमा आफ्ना एक बाल्यकालका साथीले आयोजना गरेको कार्यक्रममा भने, “मलाई लाग्छ कि ३५ वर्षदेखि म काम गरिरहेको छु र काममा मात्र केन्द्रित छु… मलाई लाग्छ यो ती मानिसहरूका लागि राम्रो होइन जो मेरो नजिक छन्। यो मेरो लागि फरक तरिकामा जीवनको आनन्द लिने समय हो।
केही समय पहिले अभिनेता आमिर खान अभीनित फिल्म ‘लाल सिंह चड्डा’ प्रदर्शनमा आएको थियो। जसलाई केही दर्शकले निकै रुचाएका थिए साथै फिल्ममा अभिनेता आमिर खानको अभिनयको निकै प्रशंसा भएको थियो। तर यस फिल्ममा अभिनेता आमिरलाई प्रशंसाको साथै आलोचित पनि हुनु परेको थियो । जसको कारण फिल्म ‘लाल सिंह चड्डा’ फ्लप भएको थियो ।