एजेन्सी- भारतको तेलुगु र कन्नड फिल्ममा आफ्नो छाप छोडेकी दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दाना आज विश्वभर चर्चित छिन् । पुष्पामा उनको श्रीवल्ली शैली होस् वा २०१४ मा रिलिज भएको ‘क्लिन ए:ण्ड क्लि:-यर टाइम्सको उपाधि जितेको होस्, त्यस बेलादेखि रश्मिका सम्पूर्ण मानिसको राष्ट्रिय क्रस बनेकी छिन्।
उनले २०१६ मा कन्नड फिल्म ‘किरिक पार्टी’ मार्फत आफ्नो अभिनयको सुरुवात गरेकी थिइन् र हालै अमिताभ बच्चन र नीना गुप्ताको साथमा फिल्म गुडबाय बाट बलिउडमा डेब्यू गरेकी छिन् । उनको अभिनयका लागि मात्र नभई आफ्नो लुक्सका कारण पनि चर्चामा रहन्छिन् । यी २६ वर्षीया अभिनेत्रीको सुन्दरताको निकै चर्चा हुने गर्दछ ।
अहिले सामाजिक सञ्जालमा अभिनेत्रीको ५ सबैभन्दा क्यू:ट लुक्स भाइरल भइरहेको छ । उक्त्त तस्बिरमा अभिनेत्रीको फ्यानको लगातार लाइक कमेन्ट आइरहेको छ ।
रश्मिका अभिनयको साथै सामाजिक सञ्जालमा उनको प्रभुत्व देख्न सकिन्छ । इन्स्टाग्राममा उनको ३५.१ मिलियन फलो-अर्स छन्, फ्यानको लागि उनी हरेक दिन आफ्ना तस्बिर सार्वजनिक गरिरहेकी हुन्छिन् ।
केही दिनअघि मात्रै उनले माल्दिभ्समा छुट्टी मनाएको केही तस्बिर शेयर गरेकी थिइन्, जसमा रश्मिका गुलाबी र सेतो रंगको पोसाक लगाएर समुद्र किनारमा देखिएकी थिइन् ।