कार्यक्रमको बीचमा जब एक्कासी करीनालाई ब्लाउजले धोका दियो, लाज ढाक्न गरिन् यस्तो…

एजेन्सी : बलिउड अभिनेत्रीहरु प्राय: उप्स मोमेन्टको शिकार भईरहेका हुन्छन्। कहिलेकाहीँ उनीहरुलाई आफूले लगाएको ड्रेसले धोका दिन्छ। बलिउडकी चर्चित र सुन्दर अभिनेत्री करीना कपूर पनि यस्तो समस्याबाट गुज्रिएकी छिन्, यद्यपि उनले यो अवस्थालाई निकै चलाखीपूर्वक सम्हालिन्।

अहिले सामाजिक सञ्जालमा करीना कपूरको एक पुरानो भिडियो भाइरल भईरहेको छ, जसमा करीना उप्स मोमेन्टको शिकार भएकी छिन्। एकपटक करिना एक कार्यक्रममा सारी लगाएर पुगेकी थिईन्।

उक्त कार्यक्रम उनका कजन भाई अरमान जैनको फिल्मको म्युजिक लन्चको लागि थियो। उनी सारीमा निकै सुन्दर देखिएकी थिईन् तर उनलाई ब्लाउजले धोका दियो।

उक्त कार्यक्रममा करिना मात्र नभई करिश्मा कपुरदेखि करिब पुरै कपूर परिवार पुगेका थिए तर करिना त्यहाँ पुगेपछि सबै क्यामेरा उनीतर्फ तेर्सिए। त्यतिबेला करीनाले ब्लु र व्हाइट कलरको सुन्दर साडी लगाएकी थिईन्। यसका साथै उनले सिङ्गल स्ट्रिपको डिजाइनर ब्लाउज लगाएकी थिईन्।

उनले सामान्य मेकअपको साथै कपालको जुरो बनाएकी थिईन्। यसैक्रममा करीना कपूरलाई ब्लाउजले धोका दियो तर उनले बुद्धिमानीपूर्वक काम गरिन्। करीनाले सेफ्टी पिनको सहारा लिइन्। त्यसपछि उनी पूर्ण आत्मविश्वासका साथ कार्यक्रममा सहभागी भईन्।

वर्कफ्रन्टको कुरा गर्ने हो भने करीना कपूर खान पछिल्लो पटक आमिर खानको अपोजिटमा फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिएकी थिइन्। फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन।

प्रकाशित : बिहिबार, मङि्सर ०१, २०७९१६:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अहिलेसम्म सर्वाधिक रुचाइएको अभिनेत्री रश्मिकाको ५ तस्बिर, हेर्नुहोस् तस्बिर सहित !