अहिले अभिनेत्री अदिति बुढाथोकी उनी अभिनीत फिल्म बाबरी लिएर हङकङ पुगेकी छिन्। त्यहाँबाट अभिनेत्रीले आफ्नो ग्रुप सहित फ्यानको साथमा केही तस्बिर सार्वजनिक गरेकी छिन् ।
अभिनेत्री अदितिको पछिल्लो समय फिल्म बाबरीपछि मानिसहरु बिच आकर्षण तथा चर्चा बढेको छ । त्यस्तै अभिनयमा जस्तै अभिनेत्री सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्री उनको नयाँ-नयाँ तस्बिर सार्वजनिक गरेर आफ्ना फ्यानसँग जोडिरहने गर्दछिन् ।
अहिले अभिनेत्री अदिति रातो साडीमा देखिएकी छिन् । जसलाई उनका फ्यानले निकै रुचाउनुको साथै तस्बिरमा लाइक कमेन्टको वर्षात गरेका छन् ।
दुई यूवा र एक यूवतीका त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्ममा धिरज मगर ‘विक्रान्त’, अदिती बुढाथोकी ‘विजेता’ र धिरज नाटकर ‘रोनिश’ को भूमिकामा देखिनेछन्।
तस्बिर स्रोत: अदिति बुढाथोकी इन्स्टाग्राम