एजेन्सी : भारतीय टिभी इन्डस्ट्रीमा अहिले रुपाली गांगुली (Rupali Ganguly), तेजस्वी प्रकाश (Tejasswi Prakash) जस्ता अभिनेत्रीहरुले राज गरिरहेका छन्। उनका शोहरु पनि टिआरपी चार्टमा शीर्ष स्थानमा छन्। आफ्नो शोको लागि यी अभिनेत्रीहरुले लाखौँ पारिश्रमिक लिने गरेका छन्। तर यसअघि पनि केही यस्ता स्टार थिए, जसले टिभी इन्डस्ट्रीमा राज गरे। तर अहिले उनीहरु लामोसमयदेखि पर्दाबाट टाढा छन्। लामो समयदेखि उनका फ्यानहरुलेले उनीहरुका शो पनि हेरेका छैनन्। यसमा दिव्यांका त्रिपाठी, करण कुन्द्रादेखि करण सिंह ग्रोवर जस्ता स्टारहरूको नाम समावेश छ। जो कुनैबेला लाखौँ-लाख पारिश्रमिक लिने गर्थे। तर विगत लामोसमयदेखि उनीहरु पर्दामा देखिएका छैनन्। अर्कोतिर फ्यानहरु उनीहरुको व्यग्र प्रतीक्षामा छन्। आज हामी तपाईलाई यस्तै स्टारहरुका बारेमा बताउँछौं।
दिव्यांका त्रिपाठी ती अभिनेत्री मध्ये एक हुन् जसले कुनै समय टिभी जगतमा राज गर्थे। उनले ‘बनूं मैं तेरी दुल्हन’ बाट टिभी दुनियाँमा प्रवेश गरेकी थिईन्, त्यसपछि उनी ‘ये है मोहब्बतें’ मा देखा परिन्। उनी पछिल्लो पटक ‘खतरों के खिलाडी ११’ मा देखिएकी थिईन्। तर, उनी विगतमा ‘मिका दी वोहती’ मा अतिथिको भूमिकामा देखा परेकी थिइन्।
रश्मि देसाई पनि टिभी उद्योगको शीर्ष अभिनेत्रीमध्ये एक हुन्। रश्मि देशाई अन्तिम पटक ‘बिग बोस १३’ मा देखिएकी थिईन्। यद्यपि उनले ‘बिग बोस १५’ मा पनि भाग लिएकी थिईन्। अहिले उनी टिभीको दुनियाँबाट टाढा भए पनि सामाजिक सञ्जालको दुनियाँमा भने निकै सक्रिय छिन्।
रोनित रोय पछिल्लो पटक ‘स्वरण’ मा देखिएका थिए। तर यो शोले टिभी जगतमा खासै कमाल देखाउन सकेन। कुनै बेला यस्तो समय पनि थियो जतिबेला उनी जुनसुकै शोमा काम गर्दा पनि त्यो शोले टिआरपी चार्टमा चमत्कार देखाउँथ्यो।
पर्ल वी पुरीमाथि जबर्जस्ती क:_र*णीको आरोप लागेपछि उनी टिभी इन्डस्ट्री र म्युजिक भिडियोको दुनियाँबाट गायब छन्। यी आरोप लाग्नुअघि उनी ‘नागिन’ को हिस्सा थिए। भारतीय मिडिया रिपोर्ट्स अनुसार उनी आफ्नो शोको प्रति एपिसोडको ७० हजार भारु लिने गर्थे।
शिवांगी जोशी पनि लामो समयदेखि टिभीबाट टाढा छिन्। उनी पछिल्लो पटक ‘खतरों के खिलाडी १२’ मा देखिएकी थिइन् र तेस्रो हप्तामा नै शोबाट बाहिरिएकी थिइन्। ‘ये रिश्ता क्या कहलाता है’ मा मुख्य भूमिका निर्वाह गरेपछि उनी अब कुनै पनि टिभी सिरियलको हिस्सा छैनन्।
करण सिंह ग्रोवर टिभीमा मात्र नभई बलिउडमा पनि आफ्नो अलग पहिचान बनाउन सफल भएका छन्। तर उनले टिभी क्षेत्रमा जति सफलता पाए त्यति फिल्म क्षेत्रमा पाउन सकेनन्। यस्तो अवस्थामा करण लामो समयदेखि टिभीबाट गायब छन्। उनी पछिल्लो पटक ‘कसौटी जिन्दगी की २’ मा मिस्टर बजाजको भूमिकामा देखिएका थिए, जसको लागि उनले प्रति एपिसोड ३ लाख भारु पारिश्रमिक लिएका थिए।
करण कुन्द्रा पनि लामो समयदेखि टिभी इन्डस्ट्रीबाट टाढा छन्। उनी पछिल्लो पटक ‘लकअप’ मा जेलरको भूमिकामा देखिएका थिए। यसबाहेक उनी बिग बोस १५ को पनि हिस्सा थिए। तर, उनी टिभी सिरियलबाट टाढा छन्।