मङ्सिर १७ गतेसम्म यी ४ राशिमा रहनेछ बुधदेवको आशिर्वाद, चम्किनेछ भाग्य !

बुध हाल वृश्चिक राशिमा गोचर गर्दैछ। यसपछि आगामी डिसेम्बर महिनामा बुधले आफ्नो स्थान परिवर्तन गरी धनु राशिमा गोचर गर्नेछ। ज्योतिषशास्त्रका अनुसार मङ्सिर १७ गते बुधले आफ्नो राशि परिवर्तन गरी धनु राशिमा प्रवेश गर्नेछ। यो समयमा कुन राशिका व्यक्तिहरूलाई बुध ग्रहले आशिर्वाद दिन सक्छ भन्ने कुरा जान्नुहोस्।

वृष राशि

बुधको यो राशि परिवर्तनले यस राशिका व्यक्तिहरूको लागि शुभ दिन सुरु हुन सक्छ। यो गोचर साझेदारीमा व्यापार गर्ने व्यक्तिहरूको लागि लाभदायक साबित हुन सक्छ। जीवनमा अगाडी बढ्नका लागि धेरै अवसरहरू प्राप्त गर्न सकिन्छ।

सिंह राशि

बुधको गोचर यस राशिका लागि अनुकूल साबित हुन सक्छ। यस समयमा सम्पत्ति आदि खरिद गर्न सकिन्छ। घरमा सुख-समृद्धि आउन सक्छ। आर्थिक लाभको सम्भावना पनि सृजना भएको छ।

तुला राशि

तुला राशिका लागि बुध नवौं र बाह्रौं घरको स्वामी हो। विदेश यात्राको पनि प्रबल सम्भावना छ। करियरमा पनि अपार सफलता मिल्न सक्छ। घरका सदस्यहरूबीचको सम्बन्ध सुमधुर बन्न सक्छ। यस अवधिमा तपाईंले आफ्नो परिवारका सदस्यहरूको पूर्ण सहयोग प्राप्त गर्न सक्नुहुनेछ।

वृश्चिक राशि

मङ्सिर १७ गतेसम्म बुध यस राशिमा रहनेछ, यस्तो अवस्थामा बुधको यस गोचरबाट यस राशिका व्यक्तिहरूले राम्रो लाभ प्राप्त गर्न सक्छन्। यो समय करियर र व्यापारको लागि धेरै राम्रो छ। व्यापार व्यावसायमा मनग्य लाभ हुनसक्छ। साथै अन्य धेरै फाइदा हुने सम्भावना छ।

प्रकाशित : बिहिबार, मङि्सर ०१, २०७९१२:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३ दिनपछि शुक्र उदयसँगै बन्दैछ ‘अष्टलक्ष्मी राजयोग’, यी ३ राशिलाई मिल्नेछ धनलाभ !