हिन्दु पञ्चाङ अनुसार शनि ३० वर्षपछि आफ्नै राशिमा कुम्भ राशिमा प्रवेश गर्न लागेका छन्। शनिको गोचर १७ जनवरी २०२३ मा हुनेछ। अहिले शनि मकर राशिमा विराजमान छन्। शनिको पारगमन साढे दुई वर्ष हुने गर्छ। शनिले एउटा राशि चक्र पूरा गर्न करिब ३० वर्ष लाग्छ।
शनि कुम्भ राशिमा प्रवेश गरेपछि यी राशिमा सुरु हुनेछ शनिको साढे साती तथा शनि ढैय्या:-
ज्योतिषीहरुका अनुसार शनि गोचरले पाँच राशिलाई प्रत्यक्ष असर गर्छ। केही राशिमा शनिको साढे साती सुरु हुन्छ भने केही राशिमा शनिको ढैय्या सुरु हुन्छ। शनिको कुम्भ राशिमा प्रवेश भएसँगै कुम्भ, मकर र मीन राशिका लागि शनिको साढे साती सुरुवात हुनेछ भने कर्कट र वृश्चिक राशिका लागि शनि ढैय्या सुरुवात हुनेछ।
शनि गोचरले यी राशिका लागि बढ्नेछ कठिनाइ:-
कुम्भ राशिमा शनिको प्रवेश भएसँगै कर्कट र वृश्चिक राशि हुनेलाई साढे दुई वर्षको ढैय्या सुरु हुनेछ। शनिको ढैय्याबाट पीडित व्यक्तिले आर्थिक, शारीरिक तथा मानसिक समस्याको सामना गर्नु पर्नेछ। यस समयमा परिवारको शान्तिमा खलल पुग्न सक्छ। शनि ढैय्याले प्रभावित हुनेहरूलाई व्यापार र जागिरमा समस्या आउनेछ। अर्कोतर्फ, मीन राशिका लागि शनि साढे सातीको पहिलो चरण सुरु हुनेछ। यस अवधिमा यस राशिसँग सम्बन्धित व्यक्तिहरूको समस्या पनि बढ्न सक्छ।