भारतको भोजपुरी क्षेत्रको चर्चित अभिनेत्री मोनालिसा सधैँ आफ्नो अभिनय तथा उनको पहिरनको कारण चर्चामा रहने गर्छिन् । अभिनयको शुरुवातमा उनी अन्तरा विश्वासको नामले चिनिन्थिन । तर मनोरञ्जन जगतले उनको नाम मोनालिसा राखेको छ । अभिनेत्रीले बिग बोसको घरमा पनि निकै लोकप्रियता कमाएकी थिइन् ।
नायिका अहिले भोजपुरी फिल्मबाट टाढा छिन् । तर उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अहिलेको समयमा अभिनेत्रीले आफ्नो एउटा शोको लाखौँ पारिश्रमिक लिन्छिन् । तर सधैँ यस्तो थिएन। एक समय थियो जब उनी दैनिक काम गरेर मात्र १२० रुपैयाँ कमाउने गर्थिन् ।
अन्तरा विश्वासको जन्म २१ नोभेम्बर १९८२ मा पश्चिम बङ्गालको कोलकातामा भएको थियो । मोनालिसाले १५ वर्षको उमेरमा आफ्नो परिवारलाई सहयोग गर्न काम गर्न थालिन् । उनी कोलकाताको एउटा होटेलमा सानो काम गर्थिन् । यस होटेलमा उनले दैनिक कामबापत १२० रुपैयाँ पाउने गर्थिन।
अभिनेत्री मोनालिसाको व्यक्तिगत जीवनको कुरा गर्ने हो भने भोजपुरी क्षेत्रमा उनको नाम पवन सिंहसँग जोडिएको छ । तर अभिनेत्री विक्रान्तसँग करिब १० वर्षदेखि एकसाथ बस्दै आएकी छिन् । बिग बोसको दसौँ सिजनमा, उनले भोजपुरी अभिनेता ‘विक्रम सिंह राजपूत’सँग विवाह गरिन्। बिग बोस बाहेक उनी ‘नच बलिए’ शोमा पनि सहभागी भइन् ।