सबैभन्दा उत्कृष्ट प्रेमी साबित हुन्छन् यी राशिका मानिस, तपाईं पनि पर्नु भयो कि ?

सम्बन्धहरू बीचको अनुकूलता आजकल कम देखिन्छ। झगडा, मनमुटाव पछि पनि त्यसलाई समाधान गर्न खोज्ने र एकअर्काको समर्थनमा उभिनाले कुनै पनि सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्छ। जब दुवैले एकअर्काको कमजोरी स्वीकार गरेर अगाडि बढ्न खोज्छन्, एकअर्कासँग कहिल्यै लड्दैनन्, त्यो सम्बन्ध पक्कै पनि सफल हुन्छ। आज हामी यस्ता केही राशिका बारे बताउन गइरहेका छौँ जो सबैभन्दा राम्रो प्रेमी साबित हुन्छन्।

मेष राशि

यस राशिका व्यक्तिहरूले प्रायः रोमान्टिक सम्बन्ध रुचाउने गर्छन्। मेष राशिले आफ्नो प्रेम देखाउन सक्दो प्रयास गर्छन् र आफ्नो पार्टनरसँग समय बिताउन अनेक गतिविधिहरूको योजना बनाउनेछन्।

मिथुन राशि

मिथुन राशिका मानिस निकै अप्रत्याशित हुन्छन्। यस राशिका मानिस प्रेम सम्बन्ध प्रति आफ्नो प्रतिबद्धता कायम राख्न थप उत्प्रेरित हुन्छन्। यी मानिस सबैभन्दा रोमान्टिक राशि हुन्। मिथुन राशिका मानिससँग प्रेममा हुने जो कोहीले ऊर्जावान र भावुक प्रेमी प्राप्त गर्छन्। अनेक तरिका अपनाएर यस राशिका मानिस कसैको पनि मन जित्न सफल हुन्छन्।

कर्कट राशि

कर्कट राशिका मानिस भावुक प्रेमी हुन्छन्। उनीहरु सबैभन्दा हेरचाह र संवेदनशील मानिसमा पर्छन्। आफूलाई अभिव्यक्त गर्नमा त्यति राम्रो नभएपनि आफ्नो पार्टनरको लागि हरेक खुसी दिन प्रयास गर्छन्। कर्कट राशिका मानिस धेरै महत्वाकांक्षी हुन्छन्।

तुला राशि

तुला राशिका मानिस सबैभन्दा रोमान्टिक हुन्छन्। आफ्ना प्रियजनहरूलाई आश्चर्यचकित गर्न कुनै कसर छोड्दैनन् र आफ्ना प्रेमीलाई कसरी विशेष महसुस गराउने भनेर राम्रोसँग थाहा हुन्छ। तुला राशिका मानिसहरुको सबैभन्दा ठूलो शक्ति आफ्नो पार्टनरलाई माया गर्ने, कदर गर्ने र सम्मान गर्ने क्षमता हो।

धनु राशि

धनु राशिका मानिस निकै राम्रो प्रेमी साबित हुन्छन्। यी मानिसको अन्तर्मुखी स्वभावको कारण, उनीहरुलाई सोझो मान्न सकिन्छ तर वास्तवमा उनीहरु निकै धेरै साहसी हुन्छन्। आफ्नो मनमोहक व्यक्तित्व र मिठो बोलीले आफ्नो पार्टनरलाई छिटै मोहित पार्न सक्छन्।

मकर राशि

मकर ‘ओल्ड स्कुल’ रोमान्टिक हुन्छन्। मकर राशिका मानिस निकै खुसमिजास हुन्छन् र सधैं एक काल्पनिक प्रेम कहानी चाहन्छन्। यस्ता मानिस आफ्नो पार्टनरलाई आदर गर्छन् र धेरै सहयोगी हुन्छन्।

कुम्भ राशि

कुम्भ राशिका मानिस पनि अन्तर्मुखी हुने गर्छन्। यस राशिका मानिसको प्रेम देखाउने तरिका अरू कसैको भन्दा फरक छ, त्यसैले उनीहरु सबैभन्दा राम्रो प्रेमी साबित हुन्छन्।

मीन राशि

मीन राशिको व्यक्तित्व नरिवल जस्तै हुन्छ, जो बाहिरबाट कडा र भित्रबाट धेरै नरम हुन्छ। जब प्रेमको कुरा आउँछ उनीहरु गोप्य रूपमा सुनौलो कथा जस्तो प्रेम कथा चाहन्छन्। प्रतिबद्धता र इमानदारी एक सम्बन्धमा उनीहरूका लागि सबैभन्दा मूल्यवान हुन्छन् जसले मीन राशिका मानिसलाई उत्कृष्ट प्रेमीहरूको रूपमा योग्य बनाउँछ।

प्रकाशित : बुधबार, कार्तिक ३०, २०७९१३:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अबको ७ दिनपछि सबै समस्याबाट छुटकारा मिल्नेछ यी ५ राशिलाई, सुरु हुनेछ सुखाका दिन !