आमाको निधनको दुई महिनापछि अभिनेता महेश बाबुलाई पितृ शोक !

एजेन्सी- दक्षिण भारतको चर्चित अभिनेता अभिनेता महेश बाबुको बाबु कृष्णा घट्टमनेनीको ७९ वर्षको उमेरमा निधन भएको छ । कृष्ण घट्टमनेनी आफै पनि दक्षिणका चर्चित अभिनेता थिए । उनलाई भारतको फिल्म क्षेत्रमा सुपरस्टार कृष्णाको नामले चिनिन्छ । कृष्णाको हैदरावादको एक निजी अस्पतालमा निधन भएको हो ।

सोमबार महेश बाबुका बुवा कृष्णालाई हृदयाघात भयो त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । महेश बाबु र उनका फ्यानहरुमा शोकको लहर छाएको छ । महेश बाबुले दुई महिनाअघि आमा गुमाएका थिए र अहिले उनीबाट बुवाको छाया हराएको छ । महेश बाबु आफ्ना आमाबुवासँग धेरै नजिक थिए ।

दक्षिण भारतको चलचित्र जगतलाई नयाँ उचाइमा पुर्‍याउन कृष्ण घट्टमनेनीले धेरै सहयोग गरेका छन् । उनले पाँच दशक लामो करियरमा ३५० भन्दा बढी चलचित्रहरूमा देखा परेका छन् र १९६१ मा डेब्यू गरेका कृष्णलाई पद्मविभूषणबाट सम्मानित गरिएको थियो । कृष्ण एक अभिनेता, निर्माता, निर्देशक र राजनीतिज्ञ पनि थिए। कृष्णको पहिलो विवाह इन्दिरासँग र दोस्रो विजय निर्मलासँग भएको थियो। उनको ५ सन्तान छन् जसमध्ये २ छोरा र ३ छोरी छन् ।

प्रकाशित : मङ्गलबार, कार्तिक २९, २०७९१६:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आलिया भट्ट- रणवीर कपुरको छोरीको नाम गरे फाइ:-नल ! यी व्यक्तिसँग छ नामको विशेष सम्बन्ध !