गर्भावस्थामा छिन् अभिनेत्री कट्रिना ? बेबी बम्पको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै !

बलिउड अभिनेत्री कट्रिना कैफ पछिल्ला केही वर्षयता बलिउड क्षेत्रको शीर्ष अभिनेत्रीको सुचीमा परेकी छिन्। केही समय पहिले अभिनेत्रीले विक्की कौशलसँग विवाह गरेकी छिन् र अहिले आफ्नो वैवाहिक जीवनको आनन्द उठाइरहेका छन । यसैबीच सामाजिक सञ्जालमा उनको एउटा भिडियो भाइरल भइरहेको छ, जसलाई हेरेर कट्रिना गर्भवती भएको अनुमान गरिएको छ।

वास्तवमा कट्रिनाको एउटा भिडियो सार्वजनिक भएको छ जसमा उनको पेट बाहिर निस्किएको देखिन्छ। यसपछि मानिसहरूले कट्रिना गर्भवती भएको अनुमान गर्न थालेका छन्।

कट्रिनाको यो भिडियो फिल्म ‘मेरी क्रिसमस’ को छायाङ्कन स्थलबाट बाहिर आएको हो। कट्रिनाको यो भिडियो सार्वजनिक हुने बित्तिकै सबै उत्साहको साथ सोसल मिडियामा मानिसहरुले विभिन्न किसिमका प्रश्न गरिरहेका छन्।

कट्रिना कैफका केही तस्बिरहरू पनि सार्वजनिक भएका छन् जसले अभिनेत्रीलाई प्रश्नहरूको बाढी ल्याएको छ । तस्बिर देखेपछि प्रयोगकर्ताले सामाजिक सञ्जालमा लेख्न थाले– के उनी साँच्चै गर्भवती छिन् ? उनी गर्भवती जस्तो देखिन्छिन् तर यो तस्बिरको सत्यता अर्कै छ । कट्रिना वास्तविक जीवनमा गर्भवती छैनन् ।

फिल्म ‘मेरी क्रिसमस’मा उनको भूमिका गर्भवती महिलाको रहेको अनुमान गरिएको छ, जसका लागि उनले गर्भवतीको रुपमा देखिएकी छिन् । फिल्मलाई श्रीराम राघवनले निर्देशन गर्दै छन् । यो फिल्मको मानिसहरु अहिले उत्सुकताका साथ पर्खिरहेका छन् ।

प्रकाशित : मङ्गलबार, कार्तिक २९, २०७९१४:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आमाको निधनको दुई महिनापछि अभिनेता महेश बाबुलाई पितृ शोक !