भोलिको दिन गर्नुहोस् भगवान शिवको यो विशेष रुपको पूजा, मिल्नेछ मृ-त्युको भयबाट मुक्ति !

धरै मानिसलाई मृ-त्युको डर वा अज्ञात भय वा अन्य सांसारिक बाधाले सताएको हुनसक्छ। यदि यस्तो छ भने भोलि अर्थात् १६ नोभेम्बर का दिन भैरव जयन्तीमा व्रत बसी र पूजा गर्नुपर्छ। यो अगहन अर्थात् मंसिर महिनाको कृष्ण पक्षको अष्टमीमा मनाइन्छ। पुराणका अनुसार भैरव भगवान शिवको अर्को रूप हो। भैरवको अर्थ भयानक र पोषक दुवै हो। उनको वाहन कुकुर हो, उनीसँग काललाई पनि डर लाग्छ, त्यसैले काल भैरव पनि भनिन्छ।

भैरव जयन्तीको दुन व्रत बसेर दिनभर काल भैरव र भगवान शिवको पूजा गर्नुपर्छ। नजिकैको भैरव मन्दिर र शिवालयमा गएर शंख, घण्टी, दुण्डुभी निनादको साथमा कथा सुन्ने, कीर्तन आदि गर्नाले फलदायी हुन्छ। पुराणका अनुसार भैरव अष्टमीका दिन पितृ तर्पण श्राद्ध सहित गंगा स्नान गरी व्रत बस्दा सांसारिक तथा परलोकको बाधाबाट मुक्ति प्राप्त हुन्छ। आइतबार र मंगलबार अष्टमीको महत्त्व निकै फलदायी हुने भनाइ छ। यस दिन भैरवको वाहन कुकुरलाई दूध, दही, मिठाई आदि खुवाउनुपर्छ।

एक पटक ब्रह्मा र विष्णु बिच संसारको कारण र परम तत्त्व को हो भनेर विवाद भयो। जब दुईबिच विवाद बढ्यो, यो कुरा ऋषिहरूलाई सुम्पियो। महर्षिहरूले विचार र चर्चा गरेपछि भने कि वास्तवमा परम तत्त्व अव्यक्त अस्तित्व हो, विष्णुजी र ब्रह्माजी एउटै विभूतिबाट बनेका हुन्। दुवैको एउटै अंश छ। विष्णु स्वीकार गरे तर ब्रह्माले मानेनन् र आफूलाई ब्रह्माण्डको सर्वोच्च र नियन्त्रक घोषित गरे।

परम तत्त्वको अवज्ञा गर्नु ठूलो अपमान थियो, यो भगवान शंकरले स्वीकार गरेनन् र उनले तत्काल भैरवको रूप धारण गरेर ब्रह्माजको अहंकारलाई चकनाचुर गरे। जुन दिन यो घटना घटेको थियो, त्यो दिन मार्सिश कृष्ण पक्षको अष्टमी थियो, त्यसैले त्यो दिन यो पर्व मनाइन्छ। कालभैरवले धार्मिक साधक, शान्त र सामाजिक मान्यताको पालना गर्ने व्यक्तिको सधैँ रक्षा गर्दछन् । उहाँको शरण लिएमा मृ-त्युको भय समाप्त हुन्छ।

प्रकाशित : मङ्गलबार, कार्तिक २९, २०७९१३:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चाहनुहुन्छ घरमा लक्ष्मीको वास ? त्यसोभए दैनिक गर्नुहोस् यस्ता उपाय !