आदिपुरुषमा सैफको हुलिया परिवर्तन हुने, भीएफएक्सको काम सुरु !

मुम्बई, बलिउड सुपरस्टार प्रभास र अभिनेत्री कृति सेनन स्टारर फिल्म ‘आदिपुरुष’को टिजर रिलिज हुनासाथ टिजर दर्शकको निशानामा पर्‍याे । ओम राउत निर्देशित फिल्मको टिजरमा रावणको भूमिकामा देखिएका सैफ अली खानको लुक्स र हनुमानको लुक्समा दर्शकले आपत्ति जनाए ।

दर्शकले फिल्ममा रामायणलाई इस्लामीकरण गरेको आरोप पनि लगाए । दर्शकको विरोधपछि निर्माताले फिल्मको रिलिज मितिलाई सारे । रिलिज मिति सारेपछि उनीहरुले फिल्मभित्र पात्रको लुक्स र केही भीएफएक्स परिवर्तन गर्ने काम सुरु गरिसकेका छन् ।

निर्माताले फिल्मको बजेट सय करोड बढाएर भीएफएक्सको काम सुरु गरिसकेका छन् । टिजरमा सैफ अली खानको दाह्रीलाई भीएफएक्सको माध्यमबाट हटाइनेछ । निर्माताले बिना दाह्रीको रावणका रुपमा सैफलाई प्रस्तुत गर्नेछन् ।

प्रकाशित : मङ्गलबार, कार्तिक २९, २०७९११:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छोरीलाई जन्म दिएपछि अभिनेत्रीले आलियाले सार्वजनिक गरिन् पहिलो तस्बिर, तस्बिरले जित्यो फ्यानको मन !