शुक्र, बुध र सूर्यले यस राशिमा बनाउँदै त्रिग्रही योग, यी ३ राशिका मानिस साबित हुन्छन् भाग्यशाली !

जब कुनै ग्रह एक राशिबाट अर्को राशिमा प्रवेश गर्छ, यसले मानव जीवनलाई प्रत्यक्ष असर गर्छ। एउटै राशिमा एक वा एकभन्दा बढी ग्रहको उपस्थिति केही राशिका लागि शुभ साबित हुन्छ भने कतिपयलाई समस्याको सामना गर्नुपर्ने हुन्छ। हिन्दु पात्रो अनुसार नोभेम्बर ११ मा शुक्र वृश्चिक राशिमा प्रवेश गरेको छ। नोभेम्बर १३ मा बुद्धि र व्यापारको कारक बुध वृश्चिक राशिमा प्रवेश गरेको छ। र अब भोलि नोभेम्बर १६ मा ग्रहहरूको राजा सूर्य पनि वृश्चिक राशिमा प्रवेश गर्नेछन्। यस्तो अवस्थामा वृश्चिक राशिमा त्रिग्रही योग बन्नेछ। जान्नुहोस् कुन राशिका लागि वृश्चिकमा बनेको त्रिग्रही योग फलदायी साबित हुन्छ-

मकर राशि

मकर राशिका लागि वृश्चिक राशिमा बुध, सूर्य र शुक्रको संयोगले बनेको त्रिग्रही योग लाभदायी साबित हुनेछ। तपाईंको राशिफलको एघारौं घरमा यो योग बन्नेछ। यसलाई आयको स्थान मानिन्छ। यस समयमा तपाईंको आम्दानीमा वृद्धि हुने सम्भावना छ। मान सम्मान बढ्नेछ। कुनै नयाँ कामको थालनी गर्न सकिनेछ।

कुम्भ राशि

कुम्भ राशिको दशौं घरमा त्रिग्रही योग बन्नेछ। दशौं घरमा जागिर र व्यापारको स्थान मानिन्छ। यस अवधिमा कार्यस्थलमा नयाँ जिम्मेवारी वा पदोन्नति प्राप्त हुन सक्छ। आर्थिक पक्ष बलियो रहनेछ।

मीन राशि

मीन राशिको नवौं घरमा शुक्र, बुध र सूर्यले त्रिग्रही योग बनाउनेछन्। नवौं घरलाई भाग्यको स्थान मानिन्छ। यस अवधिमा मीन राशिका व्यक्तिहरूले आफ्नो करियरमा सफलता प्राप्त गर्नेछन्। सौभाग्यवश तपाईंको रोकिएको काम बन्नेछ। सवारी साधन वा भवनबाट सुख मिल्नेछ। जीवनमा सुख र समृद्धि आउनेछ।

प्रकाशित : मङ्गलबार, कार्तिक २९, २०७९१०:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आउँदो २० दिन मंगल र शुक्रदेवले बनाउँनेछन् विशेष राजयोग: यी ३ राशिको भाग्य हुने भयो चमक्क !