सन् २०२५ सम्म सावधान रहनुपर्नेछ यी ३ राशि, शनिदेवले दिनेछ कष्ट

काठमाडौँ : अप्रिल २९ तारिखदेखि शनि आफ्नो स्वयमको राशि मकर, कुम्भ र त्यसपश्चात मकरपछि कुम्भ राशिमा प्रवेश गर्नेछ। जहाँ शनि २९ मार्च सन् २०२५ सम्म रहनेछ। ५ जुनमा शनिले आफ्नो चाल वक्री गरेको छ र २३ अक्टोबरसम्म यहीँ वक्री अवस्थामा रही अहिले मकर राशिमा मार्गी भएको छ। शनिको यो स्थितिको कारण ३ राशिका मानिसहरुले सन् २०२५ सम्म सावधानी अपनाउनुपर्नेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – 

२९ अप्रिल सन् २०२२ देखि शनि कुम्भ राशिमा गएको थियो। त्यसपछि ५ जुनमा शनि यहीँ राशिमा वक्री भयो। त्यसपछि १२ जुलाईमा वक्री शनिले मकर राशिमा प्रवेश गर्यो। २३ अक्टोबरमा शनि मकर राशिमा मार्गी भएको छ। अब १७-१८ जनवरी सन् २०२३ मा शनि कुम्भ राशिमा प्रवेश गर्नेछ, जहाँ शनि सन् २०२५ सम्म रहनेछ। कुम्भ राशिको जीवनमा सन् २०२५ सम्म उतारचढाव देखिनेछ। त्यसपछि जनजीवन सामान्य हुनेछ तर २३ फेब्रुअरी सन् २०२८ मा शनिको साढेसातीबाट मुक्ति पाउनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – 

मकर राशिमा शनिको साढेसाती २६ जनवरी सन् २०१७ बाट सुरु भएको थियो। यो २९ मार्च सन् २०२५ मा समाप्त हुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – 

२९ अप्रिल २०२२ मा शनि कुम्भ राशिमा प्रवेश गरेपछि मीन राशिमा शनिको साढेसाती सुरु भएको थियो। शनि २९ मार्च सन् २०२५ मा कुम्भ राशिमा सर्दा बल्ल तपाईले केही राहत महसुस गर्नुहुनेछ। यद्यपि मीन राशिमा यो साढेसाती १७ अप्रिल २०३० सम्म रहनेछ। मीन राशिमा साढेसातीको प्रथम चरण चलिरहेको छ।

चरण : – मकर राशिमा साढेसातीको अन्तिम चरण, कुम्भ राशिमा दोस्रो चरण र मीन राशिमा पहिलो चरण चल्नेछ। जसमा कुम्भ राशिका व्यक्तिहरुका लागि सबैभन्दा कष्टप्रद समय रहनेछ। किनकी ज्योतिषशास्त्र अनुसार दोस्रो चरणलाई सबैभन्दा खराब चरण मानिन्छ।

१७ जनवरी सन् २०२३ मा धनु राशिका व्यक्तिहरुले शनिको साढेसातीबाट पूर्ण रुपमा मुक्ति पाउनेछन्।

२९ अप्रिल सन् २०२२ मा कुम्भ राशिमा शनिको आगमनसँगै कर्कट र वृश्चिक राशिमा शनिको ढैय्या शुरू हुनेछ। त्यसबाट यिनले सन् २०२४ मा मात्र छुटकारा पाउनेछन्।

१७ जनवरी सन् २०२३ देखि शनि मार्गी हुँदा तुला र मिथुन राशिबाट पूर्ण रुपमा ढैय्याको प्रभाव समाप्त हुनेछ। तुला राशिमा शनिको ढैय्या २४ जनवरी सन् २०२० बाट चलिरहेको छ।

प्रकाशित : शनिबार, कार्तिक २६, २०७९१२:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज २ ठूला ग्रहले राशि परिवर्तन गर्दै, ४ राशिका व्यक्तिलाई हुनेछन् चौतर्फी लाभ