चन्द्रग्रहणपछि एक महिनासम्म सावधान रहनुपर्नेछ यी ९ राशिका जातक, हुनेछ अनिष्ट

काठमाडौँ : कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा लागेको चन्द्रग्रहण काठमाडौँ लगायत संसारभरका थुप्रै शहरहरुबाट देखिएको थियो। ज्योतिषविदहरुका अनुसार यो एक खग्रास चन्द्रग्रहण भएकोले यसको प्रभाव करिब एक महिनासम्म रहन्छ। ज्योतिषविदका अनुसार मङ्गलबार लागेको चन्द्रग्रहणको प्रभाव आगामी एक महिनासम्म सबै राशिका मानिसहरुमा पर्दछ। तसर्थ केही राशिका जातक आगामी ३० दिनसम्म सावधान रहनुपर्नेछ। विशेषगरी मिथुन, वृश्चिक र कुम्भ राशि बाहेक अन्य सबै राशिका व्यक्तिहरु एक महिनासम्म सतर्क रहनुपर्छ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

चन्द्रग्रहणको सबैभन्दा बढी प्रभाव मेष राशिमा पर्नेछ। यस अवधिमा स्वास्थ्यको ख्याल गर्नुहोस् र दुर्घटनाबाट बच्नुहोस्। यस समयावधिमा आफ्नो करियरमा कुनै पनि जोखिम नलिनुहोस्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

ग्रहणको कारणले तपाईको करियरमा अचानक परिवर्तन हुन् सक्छ। आगामी एक महिनामा तपाईको करियरमा ठूलो परिवर्तन आउन सक्छ। मानसिक समस्याले अलिकति सताउन सक्छ। धेरै तनाव लिनबाट बच्नुहोस्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका जातकलाई चन्द्रग्रहणले शुभ फल दिनेछ। तपाईका धेरैजसो रोकिएका कामहरु पूरा हुन् सक्छन्। करियरसम्बन्धी कठिनाइहरू हट्नेछन्। रोकिएको पैसा प्राप्त हुनेछ। आउँदो एक महिनामा प्रशस्त लाभका अवसरहरु प्राप्त हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

करियरमा ठूलो परिवर्तनको समय आएको छ। यो चन्द्रग्रहणले तपाईको करियरमा ठूलो परिवर्तन ल्याउनेछ। केही नयाँ अवसरहरु प्राप्त हुनेछ। स्थान परिवर्तनको कुनै महत्त्वपूर्ण निर्णय लिनुहुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

स्वास्थ्य अवस्था बिग्रन सक्छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् र दुर्घटनाबाट बच्नुहोस्। यस समयावधिमा लडाई, झगडा, वादविवाद या कुनै पनि किसिमको खराब मामिलाहरुबाट टाढै रहनुहोस्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

स्वास्थ्यमा समस्या बढ्न सक्छ। गम्भीर दुर्घटना र गम्भीर स्वास्थ्य समस्याबाट बच्नुहोस्। करियरमा लापरवाही नगर्नुहोस्।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका व्यक्तिहरूले दाम्पत्य जीवनमा विशेष ध्यान दिनु पर्ने देखिन्छ। अनावश्यक शंका, विवाद वा भ्रमले दाम्पत्य जीवनमा समस्या ल्याउन सक्छ। बर्बादीको पथलाई नपच्छ्याउनुहोला।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

यो चन्द्रग्रहणले वृश्चिक राशिका मानिसहरुलाई शुभ फल दिनेछ। करियरमा अचानक सफलता मिल्न सक्छ। आकस्मिक सफलता मिल्ने सम्भावना छ। रोकिएका काम बन्न सक्छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

बदनामी र विवादको सम्भावना छ। कार्यालयमा सहकर्मीहरूसँगको सम्बन्ध बिग्रन सक्छ। सन्तानको चिन्ताले पिरोल्न सक्छ। सन्तानको पक्षबाट पनि समस्या आउन सक्छ। आफ्नो सन्तानको विशेष ख्याल गर्नुहोस्।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिले आफ्नी आमाको स्वास्थ्यको विशेष ख्याल गर्नुहोस्। घरमा रहेका महिलाहरुको स्वास्थ्यको विशेष ख्याल गर्नुहोला। जागिर वा करियरको मामिलामा कुनै जोखिम नलिनुहोस्। यस समयमा काममा बिल्कुल लापरवाही नगर्नुहोस्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कुम्भ राशिका व्यक्तिहरूलाई करियरमा ठूलो सफलता मिल्ने सम्भावना छ। लामो समयदेखि प्रतिक्षा गर्नुभएको सफलता अन्तत: प्राप्त हुनेछ। धन सम्पत्तिबाट पनि लाभ मिल्नेछ। आय श्रोतका माध्यमहरु बढ्नेछन्।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मीन राशिका व्यक्तिहरूले ग्रहण लागेपछि एक महिना सावधानी अपनाउनुपर्नेछ। यदि तपाई कतै लगानी गर्नेबारे सोच्दै हुनुहुन्छ भने तत्कालको लागि रोक्नुहोस्, अन्यथा पैसा डुब्न सक्छ। पेट तथा व्यवसायिक समस्याले पनि सताउन सक्छ।

प्रकाशित : बिहिबार, कार्तिक २४, २०७९१५:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज कार्तिक २५ गतेको राशिफल : शुक्रबार प्रतिकूल छ यी राशिलाई, सचेत रहनुस्