अमिताभ बच्चनले श्रीमती जयाको लागि विवाहको सुरुवाती दिनमा गर्थे यस्तो काम, अभिनेताले गरे खुलासा !

एजेन्सी- भारतको चर्चित शो ‘कौन बनेगा करोडपति’ आफ्नो विषय वस्तुको कारणले मात्रै नभई यसको होस्ट अमिताभ बच्चनका कारण पनि चर्चित छ । शोको सेटमा पनि अमिताभ बच्चन प्रतियोगी र दर्शकहरूसँग धेरै रोचक कुराहरू सेयर गरिरहन्छन्। हालै एक एपिसोडमा अमिताभ बच्चनले आफ्नो र उनकी पत्नी अभिनेत्री जया बच्चनको वैवाहिक जीवनको रहस्य सबैसँग सेयर गरेका थिए ।

विवाहको सुरुवाती दिनमा अमिताभले आफ्नी श्रीमतीका लागि केही विशेष कम गर्थे, जुन अहिले गर्दैनन् । जान्नुहोस् कि त्यो चीज के हो? कुन बनेगा करोडपतिको पछिल्लो एपिसोडमा, एक प्रतियोगीले अमिताभ बच्चनलाई उनका पतिले हरेक वर्ष करवा चौथ व्रत राख्ने गरेको बताइन् । यसमा अमिताभ बच्चनले पनि आफ्नो व्यक्तिगत जीवनको एउटा कुरा सबैसँग सेयर गरेका छन् र लगभग सबै पुरुषहरु त्यससँग जोडिन सक्छन् ।

प्रतियोगीहरूको कुरा सुनेपछि, अमिताभ बच्चनले पनि करवा चौथमा के गर्छन् र कसरी आफ्नी पत्नी जया बच्चनसँग मनाउँछन् बताए । ‘कौन बनेगा करोडपति’ को प्रस्तोताले बिहेको सुरुवाती वर्षमा आफू पनि श्रीमतीको लागि व्रत बस्ने गरेको र त्यसपछि गर्न छोडेको बताए । अमिताभ बच्चनको शब्दमा- ‘सुरुमा राख्यौँ, त्यसपछि छोड्यौँ।’

त्यस्तै  अभिनेता तथा बलिउड क्षेत्रका महानायक अमिताभ बच्चनले पहिलो पटक आफ्नो वैवाहिक जीवनको बारेमा केही भनेका छैनन्, उनले आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै पटक खुलासा गरिसकेका छन्।

प्रकाशित : बुधबार, कार्तिक २३, २०७९१६:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो के भयो सामन्था सामाजिक सञ्जालमा यति धेरै रिसाइन् ? भनिन्- म अझै मरेको छैन !