यो महिनामा प्रतिगामी मंगल र बुधले पनि राशि परिवर्तन गरी गोचर गर्नेछन्। यी दुई ग्रहको संयोगले सबै १२ राशिका व्यक्तिहरूलाई असर गर्नेछ।
ज्योतिष शास्त्रका अनुसार नोभेम्बर १३ मा पहिले प्रतिगामी मंगल वृष राशिमा गोचर हुनेछ र यस दिन बुध वृश्चिक राशिमा प्रवेश गर्नेछ। जानौं एकै दिन यी दुई ग्रहको स्थिति परिवर्तन हुनाले कुन राशिका लागि समय अनुकूल हुनसक्छ।
कर्कट राशि
यस राशिका व्यक्तिहरूलाई दुबै ग्रहको सहयोग मिल्न सक्छ। यस अवधिमा आफ्नो मनोकामना पूरा गरेर लाभ कमाउन सकिन्छ। विद्यार्थी वर्गका लागि पनि समय राम्रो छ। कार्यस्थलमा गरेको परिश्रमको प्रतिफल पाउन सकिनेछ। प्रेम गर्नेहरुका लागि यो समय राम्रो छ। यस अवधिमा तपाईंको सम्बन्ध बलियो हुन सक्छ।
सिंह राशि
सिंह राशिका व्यक्तिहरूका लागि मंगल नवौं घर र एघारौं र दोस्रो घरको स्वामी बुध हो। यी दुई ग्रहको स्थान परिवर्तनका कारण यस राशिका व्यक्तिहरूलाई अगाडि बढ्ने नयाँ अवसर मिल्न सक्छ। व्यापार व्यवसायीले घरजग्गाबाट लाभ लिन सक्नेछन्।
तुला राशि
यस राशिका मानिसका लागि बुध नवौं र बाह्रौं घरको स्वामी हो। गोचरको समयदेखि बुध तपाईंको राशिफलको दोस्रो घरमा रहनेछ। वैदेशिक रोजगारीमा जाने सम्भावना बलियो छ। करियरमा पनि उन्नति गर्न सकिनेछ। धार्मिक कार्यमा पनि सहभागी हुन सकिनेछ।
मकर राशि
मकर राशिका लागि मंगल चौथो र एघारौं घरको स्वामी हो। अर्कोतर्फ, छैटौं र नवौं घरको स्वामी बुध हो। यस गोचरको कारणले यो राशिका मानिसहरूका लागि धेरै काममा सफलता मिल्न सक्छ। कार्यक्षेत्रमा संलग्न मानिसले राम्रो समय बिताउन सक्छन्। बुधको गोचर विद्यार्थीहरूका लागि लाभदायक हुन सक्छ।