हिजो साँझ लागेको चन्द्रग्रहणले अझै १ महिना यस राशिमा पार्नेछ शुभ प्रभाव, कुन राशि ?

हिजो कार्तिक २२ गते लागेको चन्द्रग्रहण मंगलबार परेको थियो। ज्योतिषशास्त्रमा चन्द्रग्रहण र सूर्यग्रहणको घटनालाई महत्त्वपूर्ण मानिन्छ। ग्रहणले सबै १२ राशिमा शुभ-अशुभ प्रभाव पार्छ। ग्रहणले कतिपय राशिमा शुभ प्रभाव पार्छ भने कतिपयमा नकारात्मक प्रभाव पार्छ। ज्योतिषीहरुका अनुसार ग्रहणको प्रभाव एक महिनासम्म रहन्छ। वर्षको अन्तिम चन्द्रग्रहणले कुम्भ राशिका मानिसमा कस्तो असर पार्छ जान्नुहोस् ।

चन्द्रग्रहणले कुम्भ राशिका व्यक्तिको जीवनमा प्रगति ल्याउनेछ। शनि ग्रहको स्वामित्वमा रहेको कुम्भ राशिका व्यक्तिहरुलाई ग्रहणको प्रभावले हरेक क्षेत्रमा सफलता मिल्नेछ। यस अवधिमा उच्च अधिकारीहरुसँग सम्बन्ध सुधार हुनेछ। रोजगारीको खोजीमा रहेकाले सफलता हात पार्न सक्छन्। ग्रहणको प्रभावले कुम्भ राशिका व्यक्तिहरुलाई भाग्यको पूर्ण सहयोग मिल्नेछ। व्यापारीहरूले नाफा कमाउनेछन्। आर्थिक मामिलामा लाभ मिल्नेछ। रोकिएको पैसा फिर्ता लिन सकिनेछ।

धार्मिक मान्यता अनुसार आगामी वर्ष सबै भन्दा पहिले सूर्यग्रहण हुनेछ । यो ग्रहण बिहीबार २० अप्रिल २०२३ मा लाग्नेछ। यो ग्रहण नेपालमा देखिने छैन। त्यसैले यसको सुतक अवधि मान्य हुने छैन। यो सूर्यग्रहण मेष राशिमा लाग्नेछ। आगामी वर्षको पहिलो सूर्यग्रहण अप्रिल २० मा बिहान ०७:१९ देखि दिउँसो १२:४४ सम्म लाग्नेछ।

प्रकाशित : बुधबार, कार्तिक २३, २०७९१२:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आगामी २० दिन यी ३ राशिलाई रहनेछ निकै शुभ, ग्रहचक्रमा हुने विशेष परिवर्तनले दिनेछ अनेक सफलता !