यस वर्ष कार्तिक पूर्णिमा का दिन कार्तिक २२ गते चन्द्रग्रहण लाग्दैछ । ग्रहण साँझको समयमा लाग्नेछ र यसको सुतक ९ घण्टा अघि सुरु हुनेछ। चन्द्रग्रहण कार्तिक २२ गते मंगलबार लाग्ने भएको छ । चन्द्रग्रहण कार्तिक २२ गते साँझ ०५:११ मा सुरु हुनेछ र साँझ ०६:३४ मा समाप्त हुनेछ। चन्द्रग्रहणको सुतक बिहान ८ः११ बजे सुरु हुनेछ भने सुतक अवधि साँझ ६ः३४ बजे समाप्त हुनेछ ।
यस चन्द्र ग्रहणलाई नेपाको विभिन्न स्थानबाट देख्न सकिन्छ। यस चन्द्रग्रहणलाई उत्तरी र पूर्वी युरोप, एसिया, अष्ट्रेलिया, प्रशान्त महासागर, हिन्द महासागर, उत्तर अमेरिका र दक्षिण अमेरिकाका अधिकांश भूभागबाट देखिनेछ । यो ग्रहणको धार्मिक प्रभाव पर्ने भएकाले सुतक अवधिमा मन्दिरका बन्द रहनेछन् । ग्रहणको प्रभाव विभिन्न राशिहरूमा पनि पर्छ। जान्नुहोस् यो चन्द्रग्रहणले मेष राशिदेखि मीन राशिसम्मका सबैलाई कस्तो असर गर्छ ।
चन्द्रग्रहणले १२ राशिमा कस्तो असर पार्छ ?
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries): – मेष राशिमा ग्रहणको अशुभ प्रभाव पर्नेछ। कुनै पनि प्रकारको घात हुन् सक्छ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus): – वृष राशिमा चन्द्रग्रहणको प्रभाव अशुभ हुनेछ। तपाईलाई कुनै पनि प्रकारको हानि हुन सक्छ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini): – यो चन्द्रग्रहण मिथुन राशिका लागि लाभदायक छ। तपाईले कुनै पनि प्रकारको लाभ प्राप्त गर्न सक्नुहुन्छ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer): – कर्कट राशिमा यो चन्द्रग्रहण सुखद साबित हुनेछ। पैसा, यात्रा वा अन्य कुनै प्रकारको सुख प्राप्त गर्न सकिनेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo): – सिंह राशिका लागि यो चन्द्रग्रहण अशुभ साबित हुनेछ। मान-सम्मानमा हानि हुन सक्छ अर्थात् मानहानिको सम्भावना छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo): – यो चन्द्रग्रहण कन्या राशिका लागि अशुभ छ। तपाईलाई कुनै पनि प्रकारको मृत्युतुल्य कष्ट हुन सक्छ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra): – तुला राशिका लागि चन्द्रग्रहण अशुभ साबित हुनेछ। महिलाहरुबाट तपाई सजग रहनुहोस्।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio): – वृश्चिक राशिका लागि यो चन्द्रग्रहण लाभदायी साबित हुनेछ। यो ग्रहणले वृश्चिक राशिका जातकलाई सुख दिनेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius): – धनु राशिका लागि पनि यो चन्द्रग्रहण अशुभ मानिन्छ। यसले एक प्रकारको चिन्ता दिन सक्छ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn): – यो चन्द्रग्रहण मकर राशिका जातकलाई पनि अशुभ छ। तपाईंले कुनै कुरामा पीडाको सामना गर्नुपर्ने हुन सक्छ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius): – कुम्भ राशिका लागि यो ग्रहण शुभ मानिन्छ। यसले धन प्राप्तिको योग बनाउन सक्छ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces): – यो चन्द्रग्रहणले तपाईको राशिमा अशुभ प्रभाव पार्ने विश्वास गरिन्छ। यसले कुनै पनि प्रकारको क्षति निम्त्याउन सक्छ।