यसै महिना तुला राशिमा प्रवेश गर्दै बुधदेव: यी ५ राशिलाई छ प्रगतिका अनेक आसार !

यो महिनामा बुद्धिको कारक बुध ग्रह तुला राशिबाट वृश्चिक राशिमा प्रवेश गर्नेछ। अक्टोबर २६ बाट बुध तुला राशिमा छ र नोभेम्बर १३ मा वृश्चिक राशिमा सर्नेछ।

ज्योतिषशास्त्रका अनुसार कुनै पनि ग्रह एक राशिबाट अर्को राशिमा प्रवेश गर्दा सबै १२ राशिका मानिसलाई असर गर्छ। जानौं बुधको राशि परिवर्तनका कारण कुन-कुन राशिको प्रगतिको प्रबल सम्भावना छ।

वृष राशि

यस राशिका व्यक्तिको राशिफलमा बुध ग्रह सप्तम भावमा रहनेछ। यस्तोमा यस राशिका मानिसलाई काम र व्यापारको लागि यो राम्रो समय हुन सक्छ। अन्य धेरै फाइदाहरू पनि प्राप्त गर्न सक्छन्।

सिंह राशि

बुधको गोचर यस राशिका व्यक्तिको कुण्डलीको चौथो भावमा हुनेछ। यस अवधिमा तपाईंले घरजग्गा वा सवारीसाधन पनि किन्न सक्नुहुन्छ। आर्थिक लाभ पनि हुनसक्छ। घरमा खुशीको माहोल रहनेछ र सुख समृद्धि पनि आउन सक्छ।

तुला राशि

गोचरको समयमा बुध तपाईंको राशिको चौथो घरमा रहनेछ। वैदेशिक यात्रामा जान सकिनेछ। ठूलो आर्थिक लाभको सम्भावना पनि छ। तपाईंको आम्दानी पनि बढ्न सक्छ। घरका सदस्यहरूसँगको सम्बन्ध सुमधुर रहनेछ। यो समय व्यक्तिगत जीवनको लागि पनि राम्रो छ।

वृश्चिक राशि

यस राशिका व्यक्तिहरूका लागि बुध आठौं र एघारौं घरको स्वामी हो। बुधको पूर्ण कृपा प्राप्त हुनेछ। व्यापार व्यावसायमा राम्रो आम्दानी हुनसक्छ। करियरमा पनि धेरै राम्रा अवसरहरु आउन सक्छन्। साथै, यो अवधिमा तपाईंको स्वास्थ्य पनि राम्रो रहन सक्छ।

कुम्भ राशि

यस राशिका मानिसका लागि बुध पाँचौं र आठौं घरको स्वामी हो। यस गोचरबाट जीवनमा नयाँ अवसरहरू प्राप्त गर्न सकिन्छ। करियरमा सफलता हात पार्न सकिनेछ। नयाँ कामको थालनी गर्ने योजना पनि बन्न सक्छ।

प्रकाशित : बुधबार, कार्तिक १६, २०७९११:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अबको १० दिनपछि सुरु हुनेछ यी ५ राशिका सुखका दिन: शुक्रदेवले दिनेछन् अनेक सफलता !