लामिछानेले भने – ‘सँगै सुतेका होइनौं, म कुर्सिमा सुतेको थिएँ’

काठमाडौँ – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आरोप लगाउने किशोरी र आफू बीच कुनै पनि प्रकारको सम्बन्ध स्थापित नभएको दावी गरेका छन्। प्रहरीलाई बयान दिनेक्रममा लामिछानेले आरोप लगाउने किशोरीसँग होटलमा सम्बन्ध नराखेको दावी गरेका हुन्।

जिल्ला अदालत काठमाडौँमा दायर गरेको अभियोगपत्रमा लामिछानेले जाहेरीकर्ताकै जोडबलमा नगरकोट घुम्न गएको उल्लेख गरिएको छ। फर्किएर काठमाडौं आएपछि पनि निजकै आग्रहमा काठमाडौं इन होटलमा राति बास बसेको लामिछानेले स्वीकार गरेका छन्।

राति एउटै कोठामा बसेको स्वीकार गरे पनि एउटै बेडमा नसुतेको लामिछानेको दावी छ। किशोरी बेडमा र आफू कुर्सीमा बसेर लामो समय कुराकानी गरेको तथा आफू कुर्सीमै केहीबेर निदाएको लामिछानेले बयान दिएका छन्।

“म धेरै बेर कुर्सीमा बसेको देख्दा निजले मलाई बेडमा आएर बस्नसमेत आग्रह गरेकोमा होइन, म यहीं ठीक छु भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्सीमा बसें र निज बेडमै थिइन् । मैले मेरो मोबाइलमा बिहानको ०६ः०० बजे अलार्म लगाइ कुराकानी गर्दागर्दै म कुर्सीमा निदाएँ । बिहान ०६ः०० बजे अलार्म बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा निज सुतेकी थिइन्, मैले निजलाई उठाएँ”,लामिछानेले भनेका छन्।

प्रकाशित : मङ्गलबार, कार्तिक १५, २०७९०९:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के आज पानी पर्ने सम्भावना छ ?