काठमाडौँ : हिन्दू परम्परामा ग्रहणको महत्वपूर्ण स्थान छ। ग्रहण दुई प्रकारको हुने कुरा सर्वविदितै छ। ती हुन् : सूर्यग्रहण र चन्द्रग्रहण। सूर्यग्रहण एवं चन्द्रग्रहण पनि मुख्यत: दुई प्रकारका हुन्छन्। – खग्रास र खण्डग्रास। जब ग्रहण पूर्ण रुपमा देखिन्छ त्यसखाले ग्रहणलाई “खग्रास” र जब ग्रहण केही मात्रामा मात्र देखिन्छ तब त्यसलाई “खण्डग्रास” ग्रहण भनिन्छ।
कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्लपक्षको पूर्णिमाको दिन खग्रास चन्द्रग्रहण लाग्नेछ। यो ग्रहणको स्पर्शकाल अपरान्ह ५ बजेर ११ मिनेटमा र मोक्षकाल ७ बजेर २१ मिनेटमा हुनेछ।
सूतक काल : – यो खग्रास चन्द्रग्रहणको सूतक बिहान ५:३८ मिनेटबाट सुरु हुनेछ।
चन्द्रग्रहणले १२ राशिमा कस्तो असर पार्छ ?
यस खग्रास चन्द्रग्रहणले विभिन्न राशिहरूमा निम्न प्रभाव पार्नेछ। अशुभ राशि भएका व्यक्तिहरूले ग्रहणको समयमा जप-तप-दान-ध्यान गरेर यसको अशुभ प्रभावलाई कम गर्न सक्छन्।
शुभफल – मिथुन,कर्कट,वृश्चिक,कुम्भ
मध्यम फल – सिंह, तुला, धनु, मीन
अशुभ फल – मेष, वृष, कन्या, मकर