जल तत्वसँग सम्बन्धित यी ३ राशिमा हुन्छ यस्ता विशेष गुण, जान्नुहोस् !

ज्योतिषशास्त्रमा पाँच तत्वहरु उल्लेख गरिएका छन्। यस अनुक्रममा, १२ राशिहरु चार तत्वहरूमा विभाजन गरिएको छ। पृथ्वी, जल,वायु र अग्नि। आकाश तत्वको कुनै पनि राशि छैन, तर यो तत्व कुम्भ राशिको निकट मानिन्छ। जल तत्व अन्तर्गत तीन राशि चिन्हहरु; कर्कट, वृश्चिक र मीन समावेश छन्। यी राशिहरू जलको प्रकृतिका हुन्छन् र चन्द्रमासँग निकट सम्बन्धित छ भन्ने विश्वास गरिन्छ। ज्योतिषशास्त्र अनुसार यी राशि ज्ञान, कल्पना र उदारता का राशि हुन्।

कर्कट राशि 

कर्कट राशिको स्वामी चन्द्रमा हो| त्यसैले यस राशिका मानिसको स्वभावमा चन्द्रमाको प्रभाव हुन्छ। यस राशिका मानिस सुन्दर र चन्चल स्वभावका हुन्छन्।

कर्कट राशिका मानिस कल्पना,सौन्दर्य,धैर्य तथा ज्ञानको गुणले सम्पन्न हुन्छन्। यिनीहरुमा रहेको अत्यन्त भावुक स्वभावको कारण कहिलेकाही मुश्किल अवस्था सिर्जना गर्न सक्छ।

यिनीहरुको विवाहिक जीवन तथा प्रेम सम्बन्ध त्यति राम्रो हुँदैन। कर्कको व्यक्तिले ओपल वा मोती रत्न लगाउनु राम्रो हुन्छ। भगवान शिवको पूजा गर्नु लाभकारी हुन्छ।

वृश्चिक राशि 

 वृश्चिक राशिको स्वामी मंगल ग्रह हो| त्यसैले यस राशिका मानिसको स्वभावमा मंगलको असर हुन्छ। यस राशिमा चन्द्रमा कमजोर हुन्छ| त्यसैले गर्दा यस राशिका मानिसमा तनाब बढि हुन्छ।

यस राशिका मानिसमा कला, शिक्षा, लेखन तथा राजनीतिका गुण हुन्छन्। यस राशिका मानिसमा स्वास्थ्य क्षेत्रको निकै रुचि हुन्छ। दाम्पत्य जीवन निकै सुखमय हुन्छ।

यस राशिका मानिसको कमजोरी भनेको यिनीहरुको  प्रतिशोधात्‍म प्रकृति हो। यिनीहरुले मुंगा वा माणिक रत्न लगाउनु राम्रो हुन्छ।

मीन राशि 

मीन राशिको स्वामी बृहस्पति हो| त्यसैले यस राशिका मानिसहरूमा बृहस्पतिको प्रभाव बढि हुन्छ। मीन राशिमा चन्द्रमा पूर्णतया सन्तुलित हुन्छ। यस राशिका मानिसमा ज्ञान, ग्ल्यामर, कला तथा शिक्षाका गुण हुन्छन्।

यिनीहरूलाई धेरै राम्रो हिलर पनि मानिन्छ। प्रायः यी व्यक्तिहरू आफ्नो जवानीमा गलत बाटोमा लाग्छन्, तर पछि सहि दिशा पाए भने निकै प्रगति गर्न सफल हुन्छन्। यिनीहरूलाई सबै कुरा पर्फेक्ट चाहिन्छ।

प्रकाशित : आइतबार, कार्तिक ०६, २०७९१८:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घर भित्र झुक्किएर पनि नराख्नुस् यी ५ वस्तु, भइएला कंगाल !