आज लक्ष्मीको पूजा गर्दा यी रंगका कपडा हुँदैन लगाउँन, हुन्छ निकै अशुभ !

हिन्दू धर्मावलम्बीको दोस्रो महान चाड हो तिहार । तिहारमा माता लक्ष्मीको पूजालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । हिन्दू धर्म ग्रन्थ र पुराणमा धन र समृद्धिको अधिष्ठात्री देवी महालक्ष्मी/ लक्ष्मीलाई मानिएको छ । महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ । घरमा सुख-संम्पन्नता र सधै माता महालक्ष्मीको बास होस् भन्ने मनोकांक्षा सबैको रहेको हुन्छ ।आज हामी तपाईलाई दिपावलीको दिन धनकी देवी महलक्ष्मीको पूजा गर्दा अर्पण गर्नुपर्ने कपडाको बारेमा बताउन जाँदै छौँ जसबाट लक्ष्मी माता सजिलै प्रसन्न हुने र उहाँको कृपाले जीवनमा प्रशस्त धन आर्जन गर्न सकिने मान्यता रहेको छ ।

दिपावलीको दिन घरवरीपरि सफा सुघर राख्ने गरिन्छ । यदि फोहोर राखेमा माता लक्ष्मी रुष्ट हुने र घर उनको वास नरहने हुँदा जीवनभर आर्थिक संकट सामना गर्नुपर्ने हुन्छ। लक्ष्मी पूजाको दिन परिवारका सदस्यहरुले अपशब्द बोल्ने वा झैँ-झगडा गरेमा पनि माता लक्ष्मी रुष्ट हुने र घरमा अनिष्ठ हुन् सक्ने र घरमा विभिन्न समस्याहरु उत्पन्न हुने कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

दिपावलीको दिन माता लक्ष्मीको पूजामा सेतो वा हल्का गुलाबी रंगको कपडा चढाउनु निकै शुभ मान्ने गरिन्छ । यी दुवै खालका कपडाले धनकी देवी लक्ष्मीलाई आकर्षित गर्ने हुँदा उहाँको कृपा मिल्ने विश्वास रहीआएको छ । यी दुई बाहेक अन्य कपडा चढाएमा महालक्ष्मी रुष्ट हुने र पूजाको कुनै अर्थ नरहने कुरा धर्मग्रन्थमा उल्लेख गरिएको छ । पूजा गर्दा यी दुई कपडा लक्ष्मी माता समक्ष अर्पण मात्र नगरेर आफूले समेत लगाई पूजा गर्नुपर्छ । यी कपडा बाहेक अन्य लगाएर पूजा गर्दा लक्ष्मी माता रुष्ट हुनसक्ने विश्वास रहेको छ।

यस तरिकाले दिपावलीको दिन लक्ष्मी माताको पूजा गरेमा परिवारका सदस्यमा आईपरेको सम्पूर्ण दुख कष्ट नास हुने लक्ष्मी माताको कृपाले घरमा कुनै पनि समय आर्थिक सङकट नपर्ने विश्वास रहेको छ ।

प्रकाशित : आइतबार, कार्तिक ०६, २०७९१८:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तिहारमा कहिल्यै बिर्सिनै नहुने यस्तो १ चीज: अन्यथा सुरु हुनेछ बर्बादी !