तिहारमा पैसाको खोला बग्नेछ यी ४ राशिको जीवनमा, सूर्य-शुक्र मिलेर चम्काउनेछ भाग्य

काठमाडौँ : ज्योतिषशास्त्रका अनुसार ग्रहहरुको राशि परिवर्तनले १२ वटा राशिमा शुभ वा अशुभ प्रभाव पार्छ। सूर्य र शुक्र यी दुवै ग्रहले गत साता आफ्नो राशि परिवर्तन गरेका छन्। चाखलाग्दो कुरा के छ भने दुवैले एउटै राशि तुला राशिमा गोचर गरेका हुन्। यो गोचर असोज ३१ गते(१७ अक्टोबर) र कार्तिक १ गते(१८ अक्टोबर) भएका हुन्। यी ग्रहको राशि परिवर्तनले ४ राशिका जातकको सुखद् दिन सुरु भएको छ। अब आगामी दिनमा यिनले थुप्रै लाभहरु हासिल गर्नेछन्। त्यसोभए ती भाग्यशाली राशिहरु कुन-कुन हुन् त ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

सूर्य र शुक्रको राशि परिवर्तनले मेष राशिका व्यक्तिहरूको करियरमा ठूलो परिवर्तन ल्याउनेछ। ठूला कम्पनीबाट आकर्षक तलबसहितको जागिरको प्रस्ताव आउन सक्छ। बोस तपाईको कामबाट खुशी हुनेछन्। पदोन्नतिको अवसर पनि मिल्न सक्छ। थोरै मेहनत गरे वैदेशिक रोजगारको अवसर प्राप्त हुन् सक्छ। योसँगै व्यापार-व्यवसाय गर्नेलाई पनि ठूलो फाइदा हुने देखिन्छ। विशेषगरी नयाँ व्यापार-व्यवसाय सुरु गर्नको लागि सही समय छ। समग्रमा धन आर्जनका श्रोत बढ्न सक्छ। शत्रु कमजोर हुनेछन्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

शुक्र र सूर्यको राशि परिवर्तनले सिंह राशि हुनेहरूको जीवनमा खुशी ल्याउनेछ। सारा दु:ख समाप्त हुनेछ। चिन्तामुक्त समय बिताउन सक्नुहुनेछ। परिवारमा लगाव बढ्नेछ। जीवनसाथीसँगको सम्बन्धमा सुधार हुनेछ। प्रियजनहरुले सहयोग गर्नेछन्। सन्तानको सुख मिल्नेछ। घरमा सुख शान्ति छाउनेछ। धन आर्जनको नयाँ श्रोत-साधन फेला पर्नेछ। भाग्यले साथ दिनेछ। परीक्षामा उत्कृष्ट नतिजा ल्याउनुहुनेछ। मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

तुला राशिमा सूर्य र शुक्रको गोचर धनु राशिका लागि लाभदायक हुनेछ। भाग्यले तपाईलाई हरेक मोडमा साथ दिनेछ। अविवाहित मानिसहरुको विवाहको योग छ। वर्षको अन्त्यमा विवाहको योग बन्न सक्छ। कुनै शुभ कार्यको लागि लामो यात्रामा जान सकिनेछ। घरमा राम्रो वातावरण रहनेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। आर्थिक स्थित मजबूत हुनेछ। नयाँ वाहन या घरजग्गा खरिद-बिक्रीको योग बन्न सक्छ। अड्डा-अदालतको मुद्दा-मामिलाहरु समाधान हुनेछन्।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिका व्यक्तिहरूले सूर्य र शुक्रको राशि परिवर्तनबाट पनि लाभ प्राप्त गर्नेछन्। शत्रुहरूले तपाईलाई हानी पुर्याउन सक्ने छैनन्। भगवानको आशिर्वाद प्राप्त हुनेछ। जीवनमा केही उपलब्धी हासिल गर्नुहुनेछ। जागिरमा शुभ समाचार सुन्न पाउनुहुनेछ। व्यापारमा ठूलो सम्झौता हुन् सक्छ। रोकिएका धन फिर्ता हुनेछ। घरमा माङ्गलिक कार्य हुन् सक्छ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। पुराना रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक यात्रा हुन सक्छ।

प्रकाशित : आइतबार, कार्तिक ०६, २०७९०९:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यो तिहारमा यी ३ राशिको जीवनमा हुनेछ धनको वर्षा, रहनेछ लक्ष्मी माताको विशेष आशीर्वाद !