कत्तिक ११ गते सम्म सबै भन्दा बढी कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !

• ज्योतिषाचार्य दामोदरनाथ लोहनी

मेष (चु चे चो ला लि लु ले लो अ)

राम्रो खालको साता छ । दौडधुप धेरै गर्नुपर्ला । यात्रा पनि होला । खर्च त घट्ने छैन तर आम्दानी राम्रोसँग हुनाले खास समस्या पर्ने देखिन्न । बुधबारसम्म राम्रो छ । बिहीबार र शुक्रबार भने सानोतिनो चिन्ता पर्न सक्छ ।

वृष (इ उ ए ओ वा वी वु वे वो)

साताको सुरुका दिनमा निकै खर्च होला । खेलबाडतिर लाग्दा हानि हुनसक्छ । मङ्गलबारदेखि भने राम्रो फल प्राप्ति हुने समय छ । वादविवाद वा मुद्दामामिलामा तपाईंको विजय हुनसक्छ । पढाइमा ध्यान दिए त्यसमा पनि प्रगति होला । नातेदारबाट भने ठूलो मद्दतको आस नगर्नुहोस् ।

मिथुन (का कि कु घ ङ छ के को हा)

शनिबार केही काम बने पनि आइतबारदेखि बुधबारसम्मका दिन समस्या खडा गर्ने खालका छन् । बिहीबार र शुक्रबार राम्रा खालका छन् । हातले समातेको व्यवसायले समस्या समाधान गर्न मद्दत देला । मुखबाट बोली निकाल्दा निकै धैर्य गर्नुहोस् ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

मान–प्रतिष्ठा बढ्ने समय छैन । बरु पछाडि बसेर काम बिगारिदिने मित्र बढी छन् । स्वास्थ्य मध्यम खालको मात्र रहला । आर्थिक स्थिति भने त्यति डरलाग्दो छैन । खासगरी प्राविधिक खालको कामले मद्दत देला । पढाइ एवं लेखाइमा प्रगति नै हुने समय छ ।

सिंह (मा मि मु मे मो टा टी टू टे)

रमाइलो खालको साता छ । सुरुका दिनमा इष्टमित्रबाट निम्तो आउन सक्छ । मनोरञ्जनको काममा निकै खर्च गरिएला । खास ठोस काम भने हुने छैन । पढाइ र लेखाइमा कम समय गए पनि अलिकति परिश्रमले निकै काम गर्ला ।

कन्या (टो पा पी पू ष ण ठ पे पो)

यो साता रमाइलो गर्नमा बढी खर्च होला । पैसाको बचत देखिन्न । परिश्रम त गरिएला तर आवश्यकभन्दा अनावश्यक क्षेत्रमा नै । विवाहसम्बन्धी कुरामा प्रगति होलाजस्तो छ । लामो विदेश यात्राको सम्भावना देखिन्न । व्यापार व्यवसायबाट भने फाइदा नै छ ।

तुला (र  रि रु रे रो ता ति तु ते)

यो साता खर्च घट्ने छैन तर राम्रै काममा खर्च हुनाले मानसिक चिन्ता पर्ने देखिन्न । पढाइमा त्यति समय जाला जस्तो छैन । रमाइलो गर्नतिर मन आकृष्ट होला । भगवतीको आराधनाले सही बाटोतिर मन लाग्न सक्छ । आफन्तको सहयोग सामान्य खालको मात्र रहला ।

वृश्चिक (तो ना नि नू ने नो या यि यू)

शनिबार मनमा डर लागिरहला । आइतबार र सोमबार भने राम्रैसँग आम्दानी गर्नुहुनेछ । त्यसपछिका दिन त्यति राम्रा छैनन् । समयको सदुपयोग गर्नुहोस् । पढ्ने र ज्ञान सिक्नेतिर समय दिएमा प्रशस्त उपलब्धि पाउनुहुनेछ ।

धनु (ये यो भा भी भू ध फा ढा भे)

यो साता धार्मिक काममा बाधा आउला । असल काम गर्न खोजे पनि छेकबार लागाउने धेरै छन् तर विजय भने तपाईंको निश्चित छ । आर्थिक स्थिति राम्रै रहला । मद्दत गर्ने मित्रसमेत केही छन् । मुद्दामामिलामा विजय नै होला । जागिरको मात्रै भर पर्नु हाललाई ठीक देखिन्न ।

मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)

साताको सोमबार मध्यम छ । मङ्गलबारदेखि भने राम्रा कुरा हुनसक्छन् । आफन्तसँग भेटघाट भएर पनि ठूलो उपलब्धि हुने देखिन्न । व्यापार र व्यवसायसम्बन्धी काममा फाइदा छ । शिक्षाको क्षेत्रमा दिएको समय खेर जाने छैन । पीपलमा जल नित्य हालिरहनुहोस् ।

कुम्भ (गू गे गो सा सी सु से सो दा)

साताको बुधबारसम्म राम्रा छैनन् । बन्ला–बन्ला जस्तो भएर काम बिग्रनेछ । बिहीबार र शुक्रबारले मात्रै राहत देला । सम्मान र प्रतिष्ठा पूरा बढ्ने देखिन्न । गणेशको नित्य दर्शन गर्नुहोस् । त्यस्तै शनिको आराधना गर्न पनि नबिर्सनुहोस् । विवाहसम्बन्धी कुरामा हाल मध्यम स्थिति छ ।

मीन (दी दू थ झ दे दो चा ची)

यो साता पैसाको बचत होलाजस्तो छैन । यद्यपि थोरै भए पनि आम्दानी भई नै रहला । मद्दत दिने मित्रको सङ्ख्या सीमित मात्र छ । रिस गर्नेहरू भने बढी नै छन् । पढाइ र लेखाइमा दिएको समयले राम्रै प्रगति गर्नेछ । व्यापार–व्यवसायबाट मध्यम लाभ मात्रै होला ।

प्रकाशित : शनिबार, कार्तिक ०५, २०७९१४:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तिहारमा पैसाको खोला बग्नेछ यी ४ राशिको जीवनमा, सूर्य-शुक्र मिलेर चम्काउनेछ भाग्य