सूर्यग्रहणको समयमा बन्दै ४ ग्रहको यस्तो संयोग: यी ४ राशिका मानिस सावधान रहन आवश्यक !

अक्टोबर २५ मा मंगलबार सूर्यग्रहण लाग्नेछ। सूर्यग्रहणको दिन करिब ४ वटा ग्रह एकसाथ आउनेछन्, जसले सबै राशिलाई असर गर्छ तर ४ राशिका व्यक्तिले अलि बढी सावधानी अपनाउनुपर्ने हुन्छ। यस समयमा चार ग्रह चन्द्रमा, सूर्य, शुक्र र केतु तुला राशिमा एकसाथ रहनेछन्। आउनुहोस् जानौं सूर्यग्रहणको बेला कुन चार राशिका मानिस सतर्क रहनुपर्छ-

मेष राशि

मेष राशिका व्यक्तिहरूले सूर्यग्रहणको समयमा बढी सावधानी अपनाउनुपर्छ। यस समयमा तपाईंको पारिवारिक जीवनमा उतारचढाव आउन सक्छ। यो समयमा तपाईंको जीवनसाथीलाई शारीरिक समस्या हुन सक्छ। आर्थिक स्थिति यो समयमा कमजोर हुनसक्छ। यदि तपाईं ठूलो आर्थिक लगानी गर्ने योजना गर्दै हुनुहुन्छ भने, यो समय अनुकूल हुनेछैन।

मिथुन राशि

सूर्यग्रहणको दिन चार ग्रहको मिलनले मिथुन राशिका व्यक्तिको आर्थिक अवस्थामा धेरै परिवर्तन ल्याउनेछ। यो समय खर्च बढी हुनेछ। तसर्थ, यस समयमा आर्थिक मामिलामा धेरै धैर्य र चतुर रहन सल्लाह दिइन्छ। साथै, यस समयमा तपाईंको काममा ढिलाइ हुन सक्छ। त्यसैले कुनै पनि काम गर्दा त्यसको लागि राम्ररी योजना बनाउनुहोस्।

तुला राशि

तुला राशिमा सूर्यग्रहण लाग्नेछ। त्यसैले यसको अधिकतम प्रभाव तुला राशिमा देखिनेछ। त्यसैले तपाईं धेरै सावधान हुन आवश्यक छ। सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनु होला, चोटपटक लाग्न सक्छ। यस दिन अनेक चिन्ता बढ्नेछ। नकारात्मकता तपाईं माथि हावी हुन नदिनुहोस्। क्रमशः स्थितिमा सुधार आउनेछ।

मकर राशि

मकर राशिका व्यक्तिहरूले सूर्यग्रहणका कारण केही शारीरिक समस्याको सामना गर्नुपर्ने हुन सक्छ। तसर्थ, सूर्यग्रहण अघि, तपाईंले आफ्नो स्वास्थ्यको बारेमा धेरै ख्याल गर्न आवश्यक छ। यो राशिमा शनि ग्रहको चाल पनि परिवर्तन हुने र तपाईंको राशिबाट दशम भावमा सूर्यग्रहण लाग्दा करियर र व्यापारमा पनि सावधानी अपनाउन जरुरी छ। कार्यक्षेत्रमा उच्च-अधिकारीहरूसँग विवाद नगर्नुहोस्। आफ्नो अहंकारलाई नियन्त्रण गर्नुहोस्।

प्रकाशित : शुक्रबार, कार्तिक ०४, २०७९१४:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साथी भनेपछि मरिहत्ते गर्छन् यी ३ राशिका मानिस, राम्रोसँग बुझेका हुन्छन् साथीत्वको महत्व