तिहारमा लक्ष्मीको विशेष पूजा गर्ने व्यवस्था छ। हाम्रो जीवनमा धन देवी लक्ष्मीको कृपा अति आवश्यक हुन्छ। माता लक्ष्मीको आशीर्वाद बिना कुनै पनि मानिसको जीवनमा धन टिक्न सक्दैन। लक्ष्मीको आशीर्वाद नचाहिने मानिस कोही पनि हुँदैन। आउनुहोस् जानौं देवी लक्ष्मीलाई प्रसन्न पार्ने केही उपाय।

दीपावलीको पूजापछि शंख बजाउँदा घरको गरिबी हट्छ र लक्ष्मीजीको आगमन हुन्छ। दीपावलीको दिन नयाँ कुचो किनेर ल्याउनुपर्छ, पूजा गर्नुअघि त्यही कुचोले पूजास्थल सफा गरी अलग्गै राख्नुपर्छ। अनि भोलिपल्ट देखि यसको प्रयोग गर्नुहोस, गरिबी नाश हुनेछ र लक्ष्मीजीको आगमन हुन्छ। पुष्य नक्षत्रमा श्वेतार्कको जरा ल्याएर विधिपूर्वक पूजा गरेपछि गणपति जीको मन्त्र जप गर्दा दाहिने हातको नाडीमा धारण गर्नाले आम्दानी, ऐश्वर्य र समृद्धि बढ्छ। बिहान र बेलुका दीप प्रज्वलन गरी देवीदेवताको आरती तथा पूजा गर्ने घरबाट लक्ष्मी कहिल्यै पनि बाहिर जाँदिनन्। गाईलाई नियमित रूपमा श्रद्धा र पूजा गर्ने गृहिणीहरूमा धनको कुनै कमी हुँदैन।

जुन घरमा अन्नको इज्जत हुन्छ र खाना खाँदा थालीमा खाना छोडिँदैन, त्यस घरमा लक्ष्मीको कृपा सदैव रहन्छ। जसको खुट्टा सफा र सुन्दर हुन्छ र जसले खुट्टा सफा राख्छ उसको उन्नति हुन्छ र उसको घरमा लक्ष्मीको वास हुन्छ। सूर्योदयअघि उठेर नुहाएर भगवानको आराधना गर्ने, पूजा गर्ने र आरती गर्ने व्यक्तिको घरमा समृद्धि हुन्छ। जो मानिसले मौन बसेर खाना खान्छन्, उसको घरमा अवश्य लक्ष्मी रहन्छिन्। एकादशी तिथिमा भगवान विष्णुलाई अमला फल चढाउने व्यक्तिले श्रीको आशीर्वाद प्राप्त गर्छ।
