धनतेरस: धन देवता कुबेरलाई प्रशन्न गर्न भोलिको दिन गर्नुहोस् यस्ता उपाय, भरिनेछ धनको ढुकुटी !

भगवान कुबेरलाई धनको राजा पनि भनिन्छ। धार्मिक मान्यता अनुसार जुन घरमा भगवान कुबेरको कृपादृष्टि हुन्छ, उक्त घरमा धनसम्पत्ति सम्बन्धि कुनै समस्या हुँदैन। भगवान कुबेरको पूजा गर्नाले घरमा सदैव सुख,समृद्धि र ऐश्वर्य रहन्छ। धनको देवता कुबेर उत्तरमा बास गर्नुहुन्छ। धनतेरसको दिन भगवान कुबेरको पूजा गर्नु धेरै शुभ मानिन्छ। यस दिन भगवान कुबेरलाई प्रसन्न गर्नाले हरेक मनोकामना पूरा हुन्छ र व्यक्तिलाई धन सम्बन्धि कुनै समस्याको सामना गर्नु पर्दैन।

आउनुहोस् भगवान कुबेरलाई प्रसन्न पार्ने केही विशेष उपायहरू बारे जानौं

धनतेरसको दिन भगवान कुबेरलाई ल्वाङ, अलैंची, कमल गुट्टा, अत्तर, सुपारी, धनिया र दुबो चढाउनु धेरै शुभ मानिन्छ। धनतेरसको दिन यी मन्त्रहरू जप गर्दा भगवान कुबेर धेरै प्रसन्न हुन्छन्, यी मन्त्रहरू जप गर्दा मुख दक्षिण दिशा तर्फ हुनुपर्छ। पूजा गर्दा भगवानलाई सिन्दुर, रातो फूल, मिठाई, फलफूल, नरिवल चढाउनुपर्छ।

धनतेरसको दिन भगवान कुबेरको अगाडि घ्यूको दियो बाल्नु पर्छ। पूजा गर्दा कुबेरलाई बेसार र रोली चढाउनुपर्छ। यसो गर्नाले भगवान कुबेर धेरै प्रसन्‍न हुन्छन्। धनतेरसको दिन भगवान लक्ष्मीसँग कुबेरको पूजा गर्ने विशेष महत्व छ। पूर्ण विधिपूर्वक र निष्कपट मनले पूजा गर्नाले धन सम्बन्धि सबै प्रकारको समस्याबाट सदाको लागि मुक्ति मिल्छ।

प्रकाशित : शुक्रबार, कार्तिक ०४, २०७९१३:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तिहार विशेष: लक्ष्मी पूजाको दिन अवश्य गर्नुहोस् यस्ता कार्य, घरमा सधैं रहनेछ लक्ष्मीको बास !