सूर्यग्रहण कै समयमा हुनेछ ४ ग्रहको युति: यी ४ राशिलाई मिल्नेछ आकस्मिक धन लाभ !

अक्टोबर २५, २०२२ मंगलबार तुला राशिमा सूर्यग्रहण लाग्नेछ। सूर्यग्रहणको समयमा तुला राशिमा चार ग्रहको संयोजन हुनेछ। सूर्यसँगै केतु, शुक्र र चन्द्रमा पनि तुला राशिमा रहनेछन्। सूर्यग्रहण लाग्नु शुभ नमानिए पनि कतिपय राशिका लागि यो सुखद र लाभदायक हुनसक्छ। यी राशि कुन कुन हुन् विस्तारमा जानौं-

कर्कट राशि

यस राशिको चतुर्थ भावमा सूर्यग्रहण लाग्नेछ। यस अवधिमा तपाईंका हरेक काम सफल हुनेछ, रोकिएका योजनाहरू पुनः सुरु हुनसक्छन् र करियरको क्षेत्रमा प्रगति हुन सक्छ। भाग्यको साथ पनि मिल्नेछ। आर्थिक पक्षलाई बलियो बनाउनमा पनि सफल हुनेछन्। पारिवारिक जीवनमा पनि राम्रो वातावरण रहनेछ।

सिंह राशि

तपाईंको राशिको तेस्रो घरमा सूर्यग्रहण लाग्नेछ। ग्रहको स्थितिले तपाईंलाई आर्थिक लाभ दिन सक्छ। यस अवधिमा कतै अड्किएको धन फिर्ता हुन सक्छ। रोजगारी मानिसको आम्दानी पनि बढ्ने सम्भावना छ। पारिवारिक जीवनमा दाजुभाइबाट लाभ मिल्नेछ। यस राशिका व्यक्तिहरूले सरकारी क्षेत्रबाट पनि फाइदा लिन सक्छन्।

धनु राशि

धनु राशि हुनेहरुका लागि यो समय निकै राम्रो रहेको छ। यस अवधिमा तपाईंले धेरै स्रोतहरूबाट आर्थिक लाभ प्राप्त गर्ने सम्भावना छ। प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुनेहरूले यस समयमा सफलता पाउन सक्छन्। यस समयमा नयाँ व्यक्तिहरूसँग मित्रता गर्न सक्नुहुन्छ। पहिले लगानी गरेकाले पनि आर्थिक लाभ पाउने सम्भावना छ।

मीन राशि

मीन राशिका लागि सूर्यग्रहण शुभ रहनेछ। यस अवधिमा अनेक फाइदा उठाउन सकिनेछ। यस अवधिमा प्रतिद्वन्द्वीहरूले तपाईंको काम बिगार्ने प्रयास गर्न सक्छन् तर पराजित हुनेछन्। यस अवधिमा उचित योजना बनाएर अगाडि बढ्नुभयो भने, यो तपाईंको लागि राम्रो हुनेछ। प्रगतिका अनेक बाटो खुल्न सक्छन्।

प्रकाशित : शुक्रबार, कार्तिक ०४, २०७९११:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज रमा एकादशी : भुलेर पनि नगर्नुहोस् यी गल्ती, क्रोधित हुनेछन् भगवान विष्णु