यस वर्षको तिहारमा यी ३ राशिमा रहनेछ माता लक्ष्मीको विशेष कृपा, तपाईंको राशि पनि पर्यो त ?

दीपावलीको पर्व धनतेरसबाट सुरु हुन्छ। यो पाँच दिनको पर्व हो। हिन्दु पात्रो अनुसार हरेक वर्ष कार्तिक महिनाको औंशीको दिन लक्ष्मी पूजा तथा दिपावली पर्व मनाइन्छ। यस वर्ष दीपावली कार्तिक ७ गते रहेको छ। दीपावलीमा ग्रह र नक्षत्रको स्थितिबाट बन्ने शुभ योग धेरै राशिका लागि लाभदायक मानिन्छ। ज्योतिषीहरुका अनुसार दीपावलीको दिन अभिजित मुहूर्त र वैधृति योगको अद्भुत संयोजन बनिरहेको छ। ज्योतिषमा यो संयोगको विशेष महत्व रहेको छ। यो संयोजनले सबै १२ राशिहरूमा प्रभाव पार्नेछ, यद्यपि यो केही राशिका व्यक्तिहरूको लागि धेरै लाभदायक हुनेछ। दीपावलीको पवित्र पर्वमा जान्नुहोस् कुन राशिमा माता लक्ष्मीको विशेष कृपा रहनेछ-

सिंह राशि

ग्रह र नक्षत्रको स्थितिले बनेको दीपावलीको विशेष संयोग सिंह राशिका लागि लाभदायक रहनेछ। यस राशिको शासक ग्रह सूर्य भगवान हुनुहुन्छ। सिंह राशिका व्यक्तिहरूले करियरमा उन्नति पाउन सक्छन्। तपाईंमा शनिदेवको पनि विशेष कृपा रहनेछ। लगानीबाट लाभ मिल्नेछ।

तुला राशि

तुला राशिका लागि दीपावलीको पर्व खुशीले भरिनेछ। यो राशिका लागि ग्रहहरुको विशेष संयोग शुभ रहनेछ। भाग्यले साथ दिनेछ। हात हालेका हरेक काममा सफलता मिल्नेछ। नयाँ कामको अवसर मिल्न सक्छ। आर्थिक स्थितिमा सुधार आउनेछ।

मकर राशि

मकर राशिका लागि दीपावलीमा बनेको अभिजित मुहूर्त र वैधृति योगले तपाईंको भाग्य सूर्यजस्तै चम्कन सक्छ। जागिरमा पदोन्नतिसँगै आम्दानीमा वृद्धि हुनेछ। तपाईंको आर्थिक स्थितिमा सुधार आउनेछ। कार्यक्षेत्रमा राम्रो परिणाम प्राप्त हुनेछ। लामो समयदेखि रोकिएको पैसा फिर्ता हुन सक्छ। आकस्मिक आर्थिक लाभ हुने सम्भावना छ।

प्रकाशित : बिहिबार, कार्तिक ०३, २०७९१२:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१७ वर्ष चल्ने बुधको महादशा: जानौं मानव जीवनमा यसको प्रभाव र उपाय बारे !