२७ वर्षपछि तिहारमा पर्नेछ सूर्यग्रहणको छाया : ४ राशिलाई दिनेछ शुभ फल

काठमाडौँ : कार्तिक कृष्णपक्षको औँसीमा गाईतिहार मनाइन्छ। परन्तु यसपटक औँसी तिथिको दिन सूर्यग्रहण परेको छ। आजभन्दा २७ वर्षअघि वि.सं. २०५२ मा पनि तिहारमा यस्तै संयोग बनेको थियो। तपाईको राशिको लागि यो ग्रहण शुभ-अशुभ कस्तो रहला त ?

शुभफल- वृष, सिंह, धनु, मकर

मध्यम फल- मेष, मिथुन, कन्या, कुम्भ

अशुभ फल- कर्कट, तुला, वृश्चिक, मीन

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – मेष राशिका जातकको दाम्पत्य जीवनमा खटपट आउन सक्छ। महिलालाई असह्य पीडा हुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – वृष राशिका जातकको लागि ग्रहण मध्यम रहनेछ। सुख प्राप्त हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – मिथुन राशिका जातकका लागि ग्रहण अशुभ फलदायी रहनेछ। उनीहरुलाई चिन्ताले सताउनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – कर्कट राशिका जातकको लागि ग्रहण पीडाले भरिपूर्ण रहनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – सिंह राशिका जातकको लागि यो ग्रहण मिश्रित फलदायी साबित हुनेछ। केही लाभ पनि हुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – कन्या राशिका जातकको लागि यो ग्रहण हानिकारक साबित हुनेछ। केही कुरामा क्षति पुग्न सक्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – तुला राशिका लागि यो ग्रहण समस्याले भरिपूर्ण हुन सक्छ। कुनै ठूलो घात हुन् सक्छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – वृश्चिक राशिका लागि यो ग्रहण नोक्सानदायी हुन् सक्छ। घाटा हुन् सक्छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – धनु राशिका व्यक्तिहरुका लागि यो ग्रहण थोरै फाइदाजनक हुन् सक्छ। धेरथोर लाभ हुन् सक्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – मकर राशिका लागि यो ग्रहण सुखद रहनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –यो ग्रहण कुम्भ राशिका लागि हानिकारक छ। विशेषगरी मान सम्मानमा चोट लाग्न सक्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – मीन राशिका जातकको लागि यो ग्रहण निकै कष्टदायी साबित हुन् सक्छ।

प्रकाशित : बुधबार, कार्तिक ०२, २०७९०९:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लक्ष्मी पूजाको दिन भुलेर पनि गर्नु हुँदैन यी १० गल्ती, मिल्दैन पूजाको उचित फल !