सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरिएको हो ?

काठमाडौं, सत्ता गठबन्धनले आज जारी गरेको संयुक्त अपीलमा राष्ट्रिय जनमोर्चाको भने हस्ताक्षर छैन । सत्ता गठबन्धनले आज जारी गरेको संयुक्त अपीलमा जनमोर्चाले हस्ताक्षर नगरेको पाइएको हो ।

देशमा स्थिरता, विकास समृद्धिका गठबन्धनमा आवद्ध दलहरूलाई मतदान गर्न गठबन्धनले जारी गरेको विज्ञप्तीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको मात्रै हस्ताक्षर छ ।

हस्ताक्षर नभएको विषयमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने आफू बाग्लुङमा भएको र किन हस्ताक्षर भएन भन्ने थाहा नभएको बताए । उनले आफू चुनावी अभियानमा रहेको बताए ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०१, २०७९१६:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

समानुपातिकतर्फको टिकट पाउँदा-पाउँदै फूलकुमारीले छाडिन् एमाले !