दीपावलीमा किनमेल गर्नु कुनै नौलो कुरा होइन। यो परम्परा वर्षौंदेखि चलिआएको छ। यस समयामा गर्ने किनमेलले मानिसको भाग्य बदल्ने जनविश्वास छ। वास्तवमा अबको केही दिनपछि दिपावली सुरु हुन लागेको छ। यस्तो अवस्थामा कुनै घरमा मानिसहरु सरसफाईदेखि लिएर धेरै काममा लागेका हुन्छन् भने दीपावलीको अवसरमा नयाँ–नयाँ सामान ल्याउने भएकाले किनमेलमा पनि मानिसहरु व्यस्त छन्। दीपावलीको किनमेललाई लक्ष्मी देवीको विशेष सम्बन्ध मानिन्छ। यस्तो समयमा सहि कुरा किनमेल गर्दा भाग्य मात्रै बदलिँदैन माता लक्ष्मीको आशीर्वाद पनि प्राप्त हुन्छ। जानौं ज्योतिष शास्त्र अनुसार कुन राशिका व्यक्तिका लागि यो दीपावलीमा कुन–कुन कुरा किनमेल गर्दा शुभ रहनेछन्।
मेष राशि

यो दीपावलीमा चाँदीका सामान किन्नु पर्छ। यो तपाईंका लागि लाभदायक हुन्छ।
वृष राशि

यस दीपावलीमा यस राशिका व्यक्तिहरूले सुन, चाँदी वा हीराको सामान किन्नु पर्छ।
मिथुन राशि

दीपावलीमा सुनका गहना किन्नु यो राशिका लागि शुभ रहनेछ। चाँदीको गणेशलाई घरमा ल्याउनुभयो भने पनि फाइदा हुन्छ।
कर्कट राशि

यो दिपावलीमा तपाईंका राशिका लागि श्री यंत्र खरिद गर्नु लाभदायक हुनेछ, महालक्ष्मीको कृपा प्राप्त गर्न सहयोगी हुनेछ। यसबाहेक, तपाईं चाँदीको कलश वा शिव पार्वतीको चाँदीको मूर्ति पनि किन्न सक्नुहुन्छ।
सिंह राशि

यस राशिका मानिसहरुका लागि दीपावलीको अवसरमा सुन किन्नु राम्रो हुनेछ तर यदि यसबाट समस्या छ भने तामासँग सम्बन्धित सामान पनि किन्न सकिन्छ। दीपावलीमा सुनका सिक्का तथा गहना खरिद गर्दा लाभ हुनेछ।
कन्या राशि

दीपावलीको दिन हात्तीको दाँतको सामान किन्नु लाभदायक हुनेछ। यो धन प्राप्ति योग बनाउन सहयोगी साबित हुनेछ। यस बाहेक देवी दुर्गालाई चाँदीको छाता पनि चढाउन सकिन्छ।
तुला राशि

सौन्दर्य प्रसाधनसँग सम्बन्धित सामान खरिद गर्नु लाभदायक हुनेछ। यस बाहेक गुलाबी कपडा किन्दा तपाईंको सुख र समृद्धि पनि बढ्छ।
वृश्चिक राशि

तामाको सामान किन्नु यस राशिका व्यक्तिका लागि लाभदायक हुनेछ।
धनु राशि

दीपावलीमा सवारी साधन खरिद गर्नु लाभदायी रहनेछ। यसका साथै चाँदीको खरिदले घरमा समृद्धि ल्याउनेछ।
मकर राशि
![]()
यो राशिका मानिसका लागि सवारी साधन र चाँदी किन्नु शुभ मानिन्छ। यदि यो सम्भव छैन भने कम्तिमा स्टिल वा घर सजावटका सामानहरू किन्नुहोस्।
कुम्भ राशि

यो दीपावलीमा चाँदीका सामान किन्नु फाइदाजनक रहनेछ।
मीन राशि

यस दीपावलीमा तपाईं चाँदीको सिक्का वा गहना किन्न सक्नुहुन्छ। यसबाहेक दीपावलीको दिन पहेँलो लुगा लगाउनु पनि फाइदाजनक हुनेछ।
