दयालु सलमान खान, मृत्युपछि आधा सम्पत्ति ट्रस्टलाई दिने गरे घोषणा

मुम्बई : बलिउडका विभिन्न नायिकासँग अफेयर तर विवाहसूत्रमा नबाँधिएको प्रकरण, बलिष्ठ शरीर अनि बाहुबलि हिरो, हरिण मा;_-रेको आरोपितजस्ता विविध कारणले प्रायः चर्चा र विवादमा आइरहने कलाकार हुन्, सलमान खान। तर उनको दानवीर र दयालु स्वभावका विषयमा भने कमै चर्चा हुन्छ।

उनी पनि आफ्नो सो विषय खासै चर्चामा ल्याउन रुचाउदैनन्। यस पटक भने उनी आफ्नो सम्पत्तिका कारण चर्चामा छन्। उनीसँग अर्बौंको सम्पत्ति र करोडौँ मूल्यमा सुविधासम्पन्न गाडीहरू छन्। उनका फ्यानहरूलाई अहिले यही चिन्ताले सताउन थालेको छ– सलमानको करोडौँको सम्पत्तिको उत्तराधिकारी को होला ? अहिलेसम्म अविवाहित भएकाले उनले आफ्नो सम्पत्तिको उत्तराधिकारी कसलाई बनाउलान् ?

भारतको एउटा टेलिभिजन अन्तर्वार्तामा खानले भनेका थिए, “मैले बिहे गरूँ या नगरूँ तर पछि मेरो आधा सम्पत्ति बिइङ ह्युमन ट्रस्टलाई दिइनेछ।” बिइङ ह्युमन ट्रस्टमा सलमान खानको भूमिका उच्च छ। बालबालिकाको हितमा काम गर्दै आएको यो संस्थालाई सलमानले निकै रुचाएका छन्। सलमान खानले भनेका छन्, “मैले बिहे गरिनँ भने त मेरो सम्पूर्ण सम्पत्ति बिइङ ह्युमन ट्रस्टलाई दान दिइनेछ।” यस कुराले अब उनले विवाह गर्छन् कि गर्दैनन् भन्ने कौतूहल उनका ‘फ्यान’माझ अझै बढेको छ। (यो समाचार गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाको अनलाइन संस्करणमा प्रकाशित छ।)

प्रकाशित : मङ्गलबार, कार्तिक ०१, २०७९१०:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अमिताभ बने वर्षकै व्यस्त अभिनेता, यति धेरै चलचित्रमा गरे काम !