बलिउड अभिनेता आमिरलाई अभिनय क्षेत्रबाट सन्यास लिन सुझाव !

एजेन्सी- बलिउड अभिनेता तथा चलचित्र समीक्षक कमाल आर. खान कुनै न कुनै कारणले प्राय: चर्चामा रहन्छन्। के-आरके, जसले आफूलाई फिल्म समालोचकको रूपमा वर्णन गर्दछ, प्रायः बलिउड स्टारहरू र उनीहरूको फिल्महरूको मजाक उडाएको देखिन्छ। के-आरकेको आलोचना नगर्ने अभिनेता, निर्देशक वा कलाकार सायदै होलान् ।

के-आरकेले सिनेमाको साथसाथै देश विदेशका मुद्दाहरू र राजनीतिमा पनि आफ्नो विचार राख्छन् र कहिलेकाहीँ समर्थन मिल्छ, भने कहिले  ट्रोल पनि हुन्छन्। अब उनले आमिर खानको खिल्ली उडाउँदै आमिर खानले सन्यास लिनुपर्ने बताएका छन् ।

कमाल आर. आमिर खानको खिल्ली उडाउँदै भने कि अहिले आमिर खानले बैङ्कको विज्ञापन गरेका छन्, जसका लागि उनलाई धेरै पछुतो भइरहेको छ । अब आमिरले बुझ्नुपर्छ कि यो विज्ञापन मात्रै होइन। सत्य यो हो कि मानिसहरु उनलाई फिल्म वा विज्ञापन कतै देख्न चाहँदैनन् । उनका लागि आफ्नो काम बन्द भएका छन् । त्यसैले उनले अब सन्यास लिनुपर्छ । यससँगै के-आरकेले अर्को ट्विटमा लेखेका छन्, ‘आमिर खान त्यो मानिस हो जसले सधैँ संसारलाई उपदेश दिएका छन्, तर अभिनेताको आफैको जीवनमा सबै कुरा उल्टो पारेको छ र आज उसको नतिजा तपाईहरुको सामु छ ।

अहिले आमिरको एउटा विज्ञापन विवादमा परेको छ। उक्त विज्ञापन एक निजी बैङ्कको हो, जसमा उनीसँगै अभिनेत्री कियारा आडवाणी पनि देखिएकी छिन् । जसमा आमिर विवाहपछि दुलहीको घरमा प्रवेश गर्नुको सट्टा ससुरालिमा घरमा ज्वाँईको रुपमा प्रवेश गरेको देखिन्छ । उनको नयाँ विज्ञापनमा हिन्दूहरूको भावना र संस्कारमा चोट पुर्‍याएको आरोप लगाइएको छ।

प्रकाशित : सोमबार, असोज ३१, २०७९१६:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बोल्ड एण्ड ब्युटिफुल छिन् गाेलकिपर किरण चेमजोङकी नवदुलही, हेर्नुस् तस्बिर