बोल्ड एण्ड ब्युटिफुल छिन् गाेलकिपर किरण चेमजोङकी नवदुलही, हेर्नुस् तस्बिर

काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङ गत भाद्र महिनामा उनकी प्रेमिका कञ्चन निरौला वैवाहिक बन्धनमा बाँधिएका हुन्। किरणले माल्दिभ्सको शीर्ष डिभिजन धिवेही प्रिमियर लिगको उपाधि जितेपछि खुसीयालीसँगै आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका थिए। उनले प्रेमिका कञ्चनलाई खेलमैदानमै लगेर औँठीसहित विवाहको प्रस्ताव गरेका थिए।

किरणले सीमित साथीभाई र आफन्तजनको उपस्थितिमा विवाह गरेका थिए। किरण र कञ्चनको पहिलो भेट सम्भवत: स्वदेशमै आयोजित थ्रि नेसन्स कपको क्रममा भएको बताईएको छ। किरणसँग फोटो खिच्ने चाहने फ्यानहरुको लाममा उनी पनि थिइन्। फुटबलप्रेमी कञ्चन खासमा किरणको ठूलो फ्यान हुन्।

पेशाले एयरहोस्टेस कञ्चन र किरण विगत डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिए। किरणसँग वैवाहिक बन्धनमा बाँधिएसँगै उनकी श्रीमती कञ्चन निरौलाको सुन्दरताको चर्चा व्यापक हुन् थालेको छ। श्री एयरलाइन्समा कार्यरत कञ्चनको सुन्दरताको अगाडी नाम चलेका मोडेल तथा अभिनेत्री पनि फेल खान्छन्। सामाजिक सञ्जालमा उनको सुन्दरताको मानिसहरुले खुलेर तारिफ गरेका छन्। हेर्नुस् उनका केही सुन्दर तस्बिरहरु : –

प्रकाशित : सोमबार, असोज ३१, २०७९१७:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दयालु सलमान खान, मृत्युपछि आधा सम्पत्ति ट्रस्टलाई दिने गरे घोषणा