तुला राशिमा बन्दै त्रिग्रही योग: यी ३ राशिलाई मिल्नेछ धनलाभ र भाग्योदय !

ज्योतिष शास्त्रका अनुसार जब पनि कुनै ग्रहले गोचर हुन्छ वा संयोग बन्छ, त्यसको प्रभाव सबै राशिमा देखिन्छ। साथै, गोचर कसैको लागि शुभ र कसैको लागि अशुभ साबित हुन्छ। तुला राशिमा त्रिग्रही योग बन्न गइरहेको छ। सूर्य, शुक्र र बुधको संयोगले त्रिग्रही योग बन्नेछ। यो योगबाट ३ राशिका व्यक्तिले धन र सौभाग्य प्राप्त गर्न सक्छन्। आउनुहोस् जानौं यी कुन-कुन राशि हुन्।

कुम्भ राशि

यस राशिका लागि त्रिग्रही योग लाभदायक साबित हुनसक्छ। यो समयमा उच्च-अधिकारीहरूसँगको सम्बन्ध राम्रो हुनेछ। व्यवसायसँग जोडिएकाहरूका लागि यो गोचर धेरै लाभदायक साबित हुन सक्छ। यस गोचर अवधिमा, तपाईंले ठूलो व्यापार सम्झौता गर्न सक्नुहुन्छ जसले तपाईंलाई भविष्यमा ठूलो नाफा दिनेछ। यो समयमा भाग्यले पनि साथ दिनेछ। लामो समयदेखि रोकिएका काम यस अवधिमा पूरा गर्न सकिनेछ।

मकर राशि

तपाईंको गोचर राशिको दशम भावमा त्रिग्रही योग बन्नेछ। तसर्थ, तपाईंले यस समयमा नयाँ काम प्रस्ताव प्राप्त गर्न सक्नुहुन्छ। साथै जागिर गरिरहनुभएको छ भने पदोन्नति पनि प्राप्त हुन सक्छ। अर्कोतर्फ शुक्र ग्रहको प्रभावले यस समयमा तपाईंको वैवाहिक जीवन सुखद रहनेछ।

कन्या राशि

त्रिग्रही योग बन्दा तपाईंको शुभ दिनको सुरुवात हुन सक्छ। यस समयमा तपाईंले वाहन सुख प्राप्त गर्न सक्नुहुन्छ। अर्कोतर्फ, व्यवसायसँग आवद्ध भएकाहरूले दीपावलीको समयमा सोचेभन्दा बढी नाफा लिन सक्नेछन्। आकस्मिक आर्थिक लाभ हुने संकेत पनि देखिन्छ। बुध ग्रहको प्रभावले यो अवधि तपाईका लागि आर्थिक रूपमा लाभदायक हुनेछ र कार्यक्षेत्रमा तपाईको प्रदर्शनमा पनि सुधार हुनेछ।

प्रकाशित : सोमबार, असोज ३१, २०७९१६:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मंगल गोचर हुँदा बन्यो शक्तिशाली विपरित राजयोग: यी ४ राशिलाई हुन्छ निकै शुभ !